महिनावारीका बेला प्याड किन्दा ध्यान दिनुपर्ने ५ कुरा « Khabarhub

महिनावारीका बेला प्याड किन्दा ध्यान दिनुपर्ने ५ कुरा


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिनावारीका बेला महिलालाई घर बाहिर जानु पर्दा निकै समस्या हुने गर्दछ । त्यसैले कतिपय महिला यस्तो बेला घर बाहिर निस्कन नपरे हुन्थ्यो भन्ने चाहाना राख्दछन् ।

तर कार्यालयको काम, अध्ययन वा अरु कामका लागी बाध्यात्मक अवस्थामा घरबाहिर निस्कनु पर्ने हुन्छ ।

यस्तोमा घरबहिर निस्दा, कतै लामो समय बस्दा वा हिँडडुल गर्दा प्याड परिवर्तन गर्न संभव हुँदैन । त्यसैले महिनावारी भएको बेला घर बाहिर रहँदा यी सावधानी अपनाउनु पर्छ ।

१. ठुलो आकारको प्याड किन्ने
बजारमा हरेक आकारको प्याड पाइन्छ । तर, सकेसम्म महिनावारीका बेला ठुलो अर्थात एक्स्ट्रा लार्ज आकारको प्याड नै प्रयोग गर्नु पर्दछ ।

लामो आकारको प्याडले बढि सोस्नुका साथै बाहिर दाग लाग्न दिदैन ।

२. नियमित प्याड फेर्ने
कतिपय महिला प्याड जोगाउने नाममा एउटै प्याडले दिन कटाउँछन् । तर यो गल्ति नगर्नुहोस् ।

यसो गर्दा तपाईमा इन्फेक्सन खतरा बढ्न जान्छ । महिनावारीको पहिलो र दोस्रो दिन अनिवार्य रुपमा हरेक ३ घन्टामा प्याड फेर्न जरुरी हुन्छ ।

३. गुणस्तरीतामा ध्यान
कतिपय महिला केहि थोरै रकम बचाउन सस्तो र गुणस्तरहिन प्याड किन्ने गर्दछन् । तर यस्ता प्याडले दाग लाग्ने सम्भावना मात्र होइन संक्रमणको जोखिम पनि बढाउँछ । त्यसैले प्याड किन्दा राम्रो र गुणस्तर नै किन्नु पर्दछ ।

४. छाला सुहाउँदो प्याड
हरेक मानिसको छाला फरक फरक हुने भएकाले महिलाले प्याड किन्दा आफ्नो छाला अनुकुल भएको ब्राण्डको मात्र किन्नु पर्दछ । आफुलाई अनुकुल ब्राण्ड पहिचान गरेर नियमित सोहि ब्राण्ड मात्र प्रयोग गर्नुहोस् । यसले छाला चिलाउने समस्या रहदैन ।

५. सफा हुन आवश्यक
महिनावारीका बेला नियमित नुहाउने, सफा सुग्घर हुन आवश्यक छ । महिनावारीको समयमा हुने सानो लापरबाहिले पनि रोग तथा संक्रमणको खतरा बढाउँछ । तसर्थ आफ्नो गोप्य अंगलाई राम्ररी सफा गर्न र नुहाउन आवश्यक हुन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : ३२ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको