अमेरिकाको टेक्समा 'हाना' समुद्री आँधीको उच्च प्रभाव, भारी वर्षा र हुरिवतासको चेतावनी | Khabarhub Khabarhub

अमेरिकाको टेक्समा ‘हाना’ समुद्री आँधीको उच्च प्रभाव, भारी वर्षा र हुरिवतासको चेतावनी


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाको दक्षिण टेक्ससमा ‘हाना’ समुद्री आँधीपछि हुरीबताससहित भारी वर्षाको चेतावनी दिइएको छ ।

गभर्नर ग्रिग अबोटले ३२ वटा काउन्टी भनिने स्थानीय निकायका नाममा विपद् घोषणा गरेका छन् । उनले कोरोनाभाइरस महामारी चलिरहेकै बेला आँधीलेसमेत आपत्‌कालीन सेवाहरूलाई जटिल बनाउने बताएका छन्।

शनिवार नै ‘हाना’ समुद्री आँधी पड्री टापुमा बज्रिएको थियो। जुन अहिले कोर्पस क्रिस्टी र ब्राउन्सभिल शहरबीचमा प्रभाव जमाइरहेको बीबीसीले जनाएको छ।

प्रतिघण्टा १४५ किलोमिटरसम्मको वेगमा आएको आँधीले घरका छाना उडाएको छ। नेशनल हुरिक्यान सेन्टर (एनएचसीले) घातक आँधी टेक्ससको तटमा पोर्ट म्यान्सफिल्डदेखि सर्जेन्टसम्म फैलने भन्दै मानिसहरूलाई सजग गराएको छ।

त्यसैगरी अर्को छुट्टै डोग्लास समुद्री आँधी समेत प्रतिघण्टा १४५ किलोमिटरकै वेगमा प्रशान्त क्षेत्रको हवाईतर्फ आइरहेको बताउँदै एनएचसीले त्यस क्षेत्रका मानिसहरूलाई सचेत गराएको छ।

राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् आँधीलाई नजिकबाट नियालीरहेको र दुवै राज्यसँग निकटमा रहेर काम गर्ने बताएका छन्।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ४० बजे

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको

सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतम नेतृत्वको समिति

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका

सरकारले भन्यो : ब्याण्डविथ खरिद वापतको भुक्तानीमा अवरोध गरिएको छैन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको