बाटोमा भेटेको पैसा टिप्ने कि छाड्ने ? « Khabarhub

बाटोमा भेटेको पैसा टिप्ने कि छाड्ने ?


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अक्सर सपनामा बाटोमा पैसा भेटिएको देखिन्छ । धेरैको कल्पनामा बाटोमा हिड्दा हिड्दै पैसा भेट्ने सपना पनि हुनसक्छ । र कतिपय अवस्थामा साच्चै बाटोमा पैसा पनि भेटिने गर्दछ । तर के बाटोमा भेटिएको पैसा टिप्नु हुन्छ त ?

कतिपयले बाटोमा भेटिएको पैसालाई शुभ मान्दछन् भने केहिले यसलाई अशुभको प्रतिक मान्दछन् । हिन्दु धर्ममा धनलाई लक्ष्मीका रुपमा मान्ने गरिन्छ ।

यसर्थ अप्रत्याशित रुपमा पाइने पैसा अर्थात धनलाई लक्ष्मीको रुप ठानेर राम्रो मानिने गरिन्छ । तसर्थ केहिले बाटोमा भेटिएको पैसालाई लक्ष्मी कृपा मान्दछन् ।

त्यस्तै कतिपय मानिस बाटोमा भेटिएको पैसालाई अशुभ मान्दछन् । उनीहरुको मान्यता अनुसार बाटो अर्थात जमिनमा भेटिएको पैसा जो व्यक्तिको हातमा पुग्दछ यसले हानि गराउँछ ।

तसर्थ यसलाई टिप्नु हुदैन । यदि बाटोमा भेटिएको पैसा टिप्यो भने शरीरमा भएको उर्जा सो पैसाको माध्यमबाट जति जति एकबाट अर्काे ब्यक्तिमा पैसा जान्छ त्यति नै उर्जा घट्दै जान्छ । त्यसैले उनीहरु यसरी भेटिएको पैसा लिन नहुने तर्क गर्दछन् ।

त्यसो भए बाटोमा भेटिएको पैसालाई के गर्ने ?
यदि बाटोमा हिड्दा बाटोमा पैसा भेटियो भने मानवियता र ब्यवहारीकताका आधारमा जसले त्यो पैसा हरायो त्यसको खोजि गरी भेटेर फर्काउनु परोकार हुन्छ ।

जुन पैसा आफ्नो होइन त्यसबारे लोभ पाल्नु उपयुक्त हुदैन । यदि हराउने ब्यक्तिको पहिचान गर्न सकिएन भने यसको जानकारी सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट दिएर उसलाई फर्काउने प्रयाश गर्न सकिन्छ ।

यदि त्यो पनि सम्भव नभए कुनै परोपकारी काम, दान वा धार्मिक काममा लगाउन सकिन्छ । यसमा पैसा भेट्ने मानिसको नियत र स्वभाव नै मुख्य मानिन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : ४३ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको