राष्ट्रिय फुटबल टोलीका खेलाडीको पाटन अस्पतालमा कोरोना परीक्षण गरिने « Khabarhub

राष्ट्रिय फुटबल टोलीका खेलाडीको पाटन अस्पतालमा कोरोना परीक्षण गरिने


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको पाटन अस्पतालमा कोरोना परीक्षण गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ अन्तर्गत संयुक्त छनोट खेल्ने टोलीका खेलाडी, अफिसियलसहित ७० जनाको कोरोना परीक्षण गरिने जनाएको हो ।

आज पाटन अस्पतालमा खेलाडीका पीसीआर विधिबाट कोरोना परीक्षण गर्नेबारे छलफल गर्न लागिएको एन्फाका प्रवक्ता किरण राईले  जानकारी दिए ।

नोबेल कोरोना भाइरस (कोभिड१९) को जोखिम कायमै रहँदा अभ्यासमा फर्कनु पर्ने हुँदा फिफाको प्रोटोकल अनुसार प्रशिक्षण गर्न एन्फाले सरकारसँग अनुमति लिइसकेको छ ।

सरकारको अनुमतिपछि एन्फाले खेलाडीहरुको पीसीआर विधिबा६ कोरोना परीक्षण गराएर अभ्यासमा फर्काउने लागेको हो।

एन्फाले साउन १७ गतेसम्म राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि खेलाडीलाई राजधानी फर्किसक्न पत्राचार गरेको छ। कोरोना महामारीले खेलकुद ठप्प भएपछि खेलाडीहरू अहिले घर-घरमा छन् ।

फुटबल टोलीले भदौ १ गतेदेखि अभ्यास सुरु गर्नेछ। त्यसअघि साउन १७ देखि ३० गतेसम्म खेलाडीलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण  गरिनेछ।

विश्वकप र एसियन कप छनोट खेलका लागि फागुनमा बन्द प्रशिक्षण शुरू गरिएको थियो। तर, कोरोनाको जोखिम बढेपछि प्रशिक्षण स्थगित भएको थियो । विश्वकप छनोटको अवे खेल खेलिसकेको नेपालले अब बाँकी तीन खेल दशरथ रंगशालामा खेल्नेछ ।

नेपालले बाँकी खेल आगामी अक्टोबरमा चाइनिज ताइपेई र अस्ट्रेलिया तथा नोभेम्बरमा जोर्डनसँग खेल्नेछ । छनोट खेल अक्टोबर ८ देखि शुरू  हुने तय भएको छ । छनोटको समूह ‘बी’मा रहेको नेपालले सुरुवाती पाँच खेलमा एक जीत र चार हारसहित ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १० : ०० बजे

दाङको विकास र समृद्धिको नेतृत्व गर्छु : शंकर पोखरेल

दाङ- नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का

टी–२० विश्वकप : सेमिफाइनलमा पुग्न भारतलाई वेस्टइन्डिजले दियो १९६ रनको लक्ष्य

काठमाडाैं – भारत टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न वेस्टइन्डिजविरुद्ध १९६ रनको

इरानले भन्यो– नयाँ नेता चयन प्रक्रिया सुरु भयो

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास आराघचीले देशले संवैधानिक प्रक्रिया सुरु गरिसकेको

निर्वाचन सुरक्षाका लागि एसएसपी सोमेन्द्रलाई दोलखा खटाइयो

काठमाडौँ – निर्वाचन केन्द्रित सुरक्षाका लागि एसएसपी सोमेन्द्र सिंह राठौरलाई

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ – अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च