फ्रेण्ड्स क्लबले चागुनारायणको मानेडाँडामा मैदान बनाउने « Khabarhub

फ्रेण्ड्स क्लबले चागुनारायणको मानेडाँडामा मैदान बनाउने


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहीद स्मारक ए डिभिजन लिगको फ्रेण्ड्स क्लबले आफ्नै खेल मैदान बनाउने भएको छ ।

फ्रेण्ड्सले चाँगुनारायण नगरपालिकाको मानेडाँडामा खेल मैदान बनाउन लागेको हो।

चागुनारायण नगरपालिकाको वडा नं. ४ मा रहेको मानेडाँडा क्षेत्रको भिरालो तथा खोचयुक्त सार्वजनिक जग्गा व्यवस्थित गरी फ्रेण्ड्स क्लबले आफ्नै खेल मैदान बनाउन लागेको हो।

ए डिभिजन लिग क्लब फ्रेण्ड्सले उक्त जग्गामा फुटबल मैदान निर्माणका लागि स्थानीयले सहमति जनाएको भन्दै वडा नम्बर ४ ले नगरपालिलाई सिफारिस गरेको छ।

वडाका अधिकांश स्थानीयहरूको भेलाबाट मन्जुरी भए क्लबलाई अनुमानित २५ रोपनी जग्गा २५ वर्षका लागि निःशुल्क प्रयोग गर्न दिइनेछ ।

मैदानका लागि भनिएको जग्गाको शनिबार एन्फा र क्लबका पदाधिकारीले निरीक्षण गरेका छन्।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १२ : ०१ बजे

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण