टिकटकले प्रयोगकर्तालाई पैसा दिने « Khabarhub

टिकटकले प्रयोगकर्तालाई पैसा दिने


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौ –  टिकटकले आफ्ना प्रयोगकर्तालाई पैसा दिने भएको छ ।

टिकटकको मापदण्ड अनुसार १८ बर्ष माथिका व्यक्ति आफैले तयार पारेको ओर्जिनल कन्टेन्टमा मात्र यस्तो रकम दिइनेछ ।

पैसा प्राप्त गर्ने मापदण्डबारे अरू विवरण खुलाइएको छैन । टिकटकले खासगरी चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नो नयाँ घोषणाका लागि करिब २४ अर्ब रुपैयाँ (२० करोड डलर)को कोष बनाउन लागेको जनाएको छ ।

यो सुविधाले रचनात्मक कन्टेन्टमार्फत प्रगतिको अवसर खोजिरहेका प्रयोगकर्तालाई सहयोग पुग्ने टिकटकको विश्वास छ । टिकटकका अनुसार उक्त कोषबाट यो वर्षको अन्त्यतिर नगद वितरण सुरु हुनेछ ।

विगतमा टिकटक प्रयोगकर्ताले लाइभ र ब्रान्डसँगको साझेदारीमार्फत मात्र आम्दानी गर्न सक्ने अवस्था थियो । टिकटकको पछिल्लो  घोषणाले आम्दानीको आधार तयार गर्ने भएपछि प्रयोगकर्ताप्रति यसको आकर्षण कायमै रहने अपेक्षा गरिएको छ ।

टिकटकका प्रयोगकर्ताले कसरी उक्त रकम पाउँछन् भन्ने स्पष्ट नभएपनि कोषको रकम बढ्दै जाने र यसलाई बजारमा प्रतिस्पर्धी बनाइरहने कम्पनीका प्रवक्ताले जनाएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ४८ बजे

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका