टिकटकले प्रयोगकर्तालाई पैसा दिने « Khabarhub

टिकटकले प्रयोगकर्तालाई पैसा दिने


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौ –  टिकटकले आफ्ना प्रयोगकर्तालाई पैसा दिने भएको छ ।

टिकटकको मापदण्ड अनुसार १८ बर्ष माथिका व्यक्ति आफैले तयार पारेको ओर्जिनल कन्टेन्टमा मात्र यस्तो रकम दिइनेछ ।

पैसा प्राप्त गर्ने मापदण्डबारे अरू विवरण खुलाइएको छैन । टिकटकले खासगरी चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नो नयाँ घोषणाका लागि करिब २४ अर्ब रुपैयाँ (२० करोड डलर)को कोष बनाउन लागेको जनाएको छ ।

यो सुविधाले रचनात्मक कन्टेन्टमार्फत प्रगतिको अवसर खोजिरहेका प्रयोगकर्तालाई सहयोग पुग्ने टिकटकको विश्वास छ । टिकटकका अनुसार उक्त कोषबाट यो वर्षको अन्त्यतिर नगद वितरण सुरु हुनेछ ।

विगतमा टिकटक प्रयोगकर्ताले लाइभ र ब्रान्डसँगको साझेदारीमार्फत मात्र आम्दानी गर्न सक्ने अवस्था थियो । टिकटकको पछिल्लो  घोषणाले आम्दानीको आधार तयार गर्ने भएपछि प्रयोगकर्ताप्रति यसको आकर्षण कायमै रहने अपेक्षा गरिएको छ ।

टिकटकका प्रयोगकर्ताले कसरी उक्त रकम पाउँछन् भन्ने स्पष्ट नभएपनि कोषको रकम बढ्दै जाने र यसलाई बजारमा प्रतिस्पर्धी बनाइरहने कम्पनीका प्रवक्ताले जनाएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ४८ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको