एआर रहमानको दाबी: बलिउडको ‘ग्याङ’ ले मेराविरुद्ध हल्ला फैलायो, काम पाइएन « Khabarhub

एआर रहमानको दाबी: बलिउडको ‘ग्याङ’ ले मेराविरुद्ध हल्ला फैलायो, काम पाइएन


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतका चर्चित संगीकार एआर रहमानले बलिउडको ग्याङका कारण आफ्नो काममा अडचन आएको आरोप लगाएका छन् ।

सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा इनसाइडर र आउसाइडर (कलाकारका छोराछोरी र बाहिरबाट आउने नयाँ कलाकार) को विषयमा चर्को बहस भएको छ ।

अस्कर विजेता संगीत निर्देशक एआर रहमानलाई कम काम गर्ने कारणका बारेमा सोध्दा उनले बलिउडमा एउटा ठूलो ग्याङले आफूविरुद्ध अफवाह फैलाएको बताएका हुन् ।

‘म राम्रा फिल्म रिजेक्ट गर्दिनँ तर एक ग्याङ छ, जसले मेरो बारेमा अफवाह फैलाइरहेको छ,’ उनले भने ।

‘मुकेश छाबडा मेरो सम्पर्कमा आए, त्यतिबेला मैले उनलाई केही गीत दिएँ,’ रहमानले भने, ‘उनले सुनाए कि, सर केही व्यक्तिले तपाईंसँग नआउन भने ।’

मुकेशले अन्य किस्सा सुनाएको पनि रहमानले दाबी गरे ।

त्यसपछि आफूले किन काम मिलिरहेको छैन भनेर बुझेको उनले बताए । रहमानले सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ मा पनि संगीत दिएका छन् ।

‘मान्छेले मलाई काम गरेको देख्न चाहन्छन् तर यस्तो पनि ग्याङ छ, जसले मलाई काम गर्न दिइरहेका छैनन्, खैर मेरो विश्वास भाग्यमा छ,’ संगीतकार रहमानले भने, ‘म मान्छु कि, सबै कुरा भगवानमा हुन्छ, तपाईंहरु काम गराउन सबै मेरो सम्पर्कमा आउन सक्नुहुन्छ ।’

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १ : ०३ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक