शेखर कोइरालाले भने- गोविन्दराज जोशीले लोकतन्त्रका पक्षमा बगाएको रगतको अवमूल्यन भयो « Khabarhub

शेखर कोइरालाले भने- गोविन्दराज जोशीले लोकतन्त्रका पक्षमा बगाएको रगतको अवमूल्यन भयो


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जना नेतालाई पार्टीबाट निष्काशित गरेको विषयमा असन्तुष्टि जनाएका छन् ।

पार्टीले शनिबार जोशीसहित महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्ट पार्टीबाट निष्काशित गरेको थियो ।

आइतबार सामाजिक सञ्जालमार्फत नेता कोइरालाले आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर उनीहरुलाई पार्टीबाट निष्काशित गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो’, उनले भनेका छन् ।

त्यस्तै डा. कोइरालाले लोकतन्त्रका लागि लडेकाहरुको रगत पसिनाको अवमूल्यन गरेको आरोप लगाएका छन् । ‘उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ’, उनले भनेका छन् ।

पछिल्लो समय पार्टीभित्र अन्य पार्टीका नेता कार्यकर्ता प्रवेश भइरुहेको अवस्थामा पार्टीबाट निष्काशित गर्नु उचित नभएको उनको तर्क छ । उनले पार्टीमा रहेका वरिष्ठ नेताहरुलाई निष्काशित गर्दा कार्यकर्तामा नकारात्मक सन्देश जाने बताएका छन् ।

‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउदैछौं अर्को तिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं । यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ?’, उनले भनेका छन् ।

शनिबार बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो र भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १ : ०० बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि