अमेरिकामा विनाशकारी तुफान आउने चेतावनी, ‘हाई अलर्ट’ जारी « Khabarhub

अमेरिकामा विनाशकारी तुफान आउने चेतावनी, ‘हाई अलर्ट’ जारी


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाको प्रकोपले विश्वकै सबैभन्दा प्रभावित बनेको देश अमेरिकामा फेरी अर्को संकट उत्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना कहरका बीच अमेरिकामा विनाशकारी तुफान आउन लागेको हो ।

तुफानका कारण धेरैको जनजीवन अस्तव्यस्त हुने अनुमान लगाइएको छ । तुफान आउनेबारे चेतावनी दिँदै प्रशासनले हाई अलर्ट जारी गरेको छ ।

हन्ना र डगलस नामका यी दुई तुफान आउन लागेको बताइएको छ ।

अमेरिकाका लागि यी तुफान विनाशकारी हुन सक्ने भन्दै अमेरिकी प्रशासनले हाई अलर्ट जारी गरेको हो ।

अमेरिकी मौसम विभागले चेतावनी दिँदै आम नागरिकलाई आफ्नो घरबाट बाहिर ननिस्किनको लागि आग्रह गरेको छ ।

यो तुफान प्रचण्ड श्रेणीको भएको मौसम विभागले जनाएको छ । मौसम विभागले अटलान्टिक महासागरमा उठेको उष्णकटिबन्ध तुफान हन्नाको दर्जा बढाएर शनिवार प्रचण्ड तुफान नामाकरण गरेको छ ।

विभागले तुफान टेक्सास तटको तर्फबाट आईरहेको बताएको छ। जसका कारण भारी वर्षा हुन सक्ने र बवन्डर उठ्न सक्ने खतरा रहेको छ ।

अर्को तर्फ भने तुफान हरिकन डगलस क्यारेबियाई द्वीपको तर्फबाट तीव्र गतिले अगाडि बढीरहेको छ ।

अमेरिकी राष्ट्रिय तुफान केन्द्रले शनिवार विहान यो जानकारी दिँदै यो तुफानले जमीन क्षेत्रमा धेरै नोक्शान पुर्याउने बताएको छ ।

किनभने यसको गति बढेर १२० किलोमिटर प्रतिघण्टासम्म पुगेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  २ : ०१ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र