अमेरिकामा विनाशकारी तुफान आउने चेतावनी, ‘हाई अलर्ट’ जारी | Khabarhub Khabarhub

अमेरिकामा विनाशकारी तुफान आउने चेतावनी, ‘हाई अलर्ट’ जारी


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाको प्रकोपले विश्वकै सबैभन्दा प्रभावित बनेको देश अमेरिकामा फेरी अर्को संकट उत्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना कहरका बीच अमेरिकामा विनाशकारी तुफान आउन लागेको हो ।

तुफानका कारण धेरैको जनजीवन अस्तव्यस्त हुने अनुमान लगाइएको छ । तुफान आउनेबारे चेतावनी दिँदै प्रशासनले हाई अलर्ट जारी गरेको छ ।

हन्ना र डगलस नामका यी दुई तुफान आउन लागेको बताइएको छ ।

अमेरिकाका लागि यी तुफान विनाशकारी हुन सक्ने भन्दै अमेरिकी प्रशासनले हाई अलर्ट जारी गरेको हो ।

अमेरिकी मौसम विभागले चेतावनी दिँदै आम नागरिकलाई आफ्नो घरबाट बाहिर ननिस्किनको लागि आग्रह गरेको छ ।

यो तुफान प्रचण्ड श्रेणीको भएको मौसम विभागले जनाएको छ । मौसम विभागले अटलान्टिक महासागरमा उठेको उष्णकटिबन्ध तुफान हन्नाको दर्जा बढाएर शनिवार प्रचण्ड तुफान नामाकरण गरेको छ ।

विभागले तुफान टेक्सास तटको तर्फबाट आईरहेको बताएको छ। जसका कारण भारी वर्षा हुन सक्ने र बवन्डर उठ्न सक्ने खतरा रहेको छ ।

अर्को तर्फ भने तुफान हरिकन डगलस क्यारेबियाई द्वीपको तर्फबाट तीव्र गतिले अगाडि बढीरहेको छ ।

अमेरिकी राष्ट्रिय तुफान केन्द्रले शनिवार विहान यो जानकारी दिँदै यो तुफानले जमीन क्षेत्रमा धेरै नोक्शान पुर्याउने बताएको छ ।

किनभने यसको गति बढेर १२० किलोमिटर प्रतिघण्टासम्म पुगेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  २ : ०१ बजे

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता