‘साइबर ट्रोलिङ’विरुद्ध सोनाक्षीले उठाइन् यस्तो कदम « Khabarhub

‘साइबर ट्रोलिङ’विरुद्ध सोनाक्षीले उठाइन् यस्तो कदम


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले साइबर उत्पीडनविरुद्ध नयाँ अभियान शुरु गरेकी छिन् । उनले महाराष्ट प्रहरीको ‘मिसन जोश’ सँग मिलेर फुलस्टपटुसाइबरबुलिङ अभियान थालेकी हुन् ।

‘साइबर उत्पीडनमाथि रोक अभियान ‘मिशन जोश’ को पहल हो, म महानिरीक्षक प्रताप दिवाकरसँग मिलेर यसमा काम गर्नेछु,’ सोनाक्षीले सामाजिक सञ्जालमार्फत भनेकी छिन् ।

यो अभियानले जागरुकता फैलाउन, अनलाइन उत्पीडन, ट्रोल र ट्रोलिङ पीडितको मानसिक स्वास्थ्यमा पर्ने असरप्रति मान्छेलाई जागरुक बनाउन कदम चाल्नेछ ।

सोनाक्षीले एक भिडियो पोस्टमार्फत भनेकी छिन्, ‘कैयन् व्यक्ति ट्रोलको शिकार हुन्छन्, उनीहरुमध्ये म पनि एक हुँ, अब मैले फैसला गरेँ कि, अब पुग्यो, अब साइबर उत्पीडन र अनलाइन ट्रोलिङमा पूर्ण रोक हुनेछ ।’

भारतीय कलाकारहरु साइबर ट्रोलिङको शिकार बन्दै आइरहेका छन् ।

सोनाक्षीले जुन महिनामा नकारात्मकबाट जोगिन भन्दै आफ्नो ट्वीटर खाता बन्द गरेकी थिइन् । उनले इन्स्टाग्राममा पनि कमेन्ट गर्न नमिल्ने बनाएकी थिइन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  २ : ०३ बजे

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)