‘साइबर ट्रोलिङ’विरुद्ध सोनाक्षीले उठाइन् यस्तो कदम « Khabarhub

‘साइबर ट्रोलिङ’विरुद्ध सोनाक्षीले उठाइन् यस्तो कदम


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले साइबर उत्पीडनविरुद्ध नयाँ अभियान शुरु गरेकी छिन् । उनले महाराष्ट प्रहरीको ‘मिसन जोश’ सँग मिलेर फुलस्टपटुसाइबरबुलिङ अभियान थालेकी हुन् ।

‘साइबर उत्पीडनमाथि रोक अभियान ‘मिशन जोश’ को पहल हो, म महानिरीक्षक प्रताप दिवाकरसँग मिलेर यसमा काम गर्नेछु,’ सोनाक्षीले सामाजिक सञ्जालमार्फत भनेकी छिन् ।

यो अभियानले जागरुकता फैलाउन, अनलाइन उत्पीडन, ट्रोल र ट्रोलिङ पीडितको मानसिक स्वास्थ्यमा पर्ने असरप्रति मान्छेलाई जागरुक बनाउन कदम चाल्नेछ ।

सोनाक्षीले एक भिडियो पोस्टमार्फत भनेकी छिन्, ‘कैयन् व्यक्ति ट्रोलको शिकार हुन्छन्, उनीहरुमध्ये म पनि एक हुँ, अब मैले फैसला गरेँ कि, अब पुग्यो, अब साइबर उत्पीडन र अनलाइन ट्रोलिङमा पूर्ण रोक हुनेछ ।’

भारतीय कलाकारहरु साइबर ट्रोलिङको शिकार बन्दै आइरहेका छन् ।

सोनाक्षीले जुन महिनामा नकारात्मकबाट जोगिन भन्दै आफ्नो ट्वीटर खाता बन्द गरेकी थिइन् । उनले इन्स्टाग्राममा पनि कमेन्ट गर्न नमिल्ने बनाएकी थिइन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  २ : ०३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने