सर्वसाधारणको सहयोगमा जुट्दै धादिङका यूवा « Khabarhub

सर्वसाधारणको सहयोगमा जुट्दै धादिङका यूवा


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाका युवाहरु सामाजिक काममा सक्रिय बनेका छन् ।

उक्त गाउँपालिकाको वडा नं. ५ स्थित बेनिघाट बजारमा रहेको कारु स्मृति प्रतिष्ठानको नाममा युवाहरु सामाजिक कामममा सक्रिय बनेका हुन् ।

युवाहरुको सक्रियतापछि सामाजिक कार्यमा संस्थाले स्थानीयको मन जित्न सफल भएको छ ।

जिल्ला स्तरीय खेलकुद, साँस्कृतिक तथा जनचेतनामुलक कार्यक्रम, स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम, बजार सरसफाई र फोहोरमैला व्यवस्थापन, पृथ्वी राजमार्गमा हुने विभिन्न सवारी दुर्घटना घाइतेहरुलाई उद्दार तथा राजमार्ग अवरुद्ध हुँदा मध्यस्तकर्ताको भुमिका खेली सवारी साधनहरु आवज–जावत गर्न सहज वातावरणमा भूमिका खेलेको प्रदिप श्रेष्ठले जानकारी दिए ।

वर्तमान परिस्थितिमा कोभिड–१९ अर्थात कोरोना भाइरस महामारीले संसार भरी नै जनजीवन उथलपुथल भइरहेको यस महामारीका अवस्थामा कारु स्मृति प्रतिष्ठानले झन बढी प्रभावकारी भूमिका खेल्दै आएको उनको भनाइ छ ।

संस्थाले बेनिघाट बजार क्षेत्रमा मास्क वितरण गर्नुको साथै कोरोना भाईरसबाट कसरी बाच्न सकिन्छ भनि जनचेतना मुलक जानकारी ब्यानर प्रिन्ट गरी चोक चोकमा राखेको छ ।

लकडाउनको दोस्रो हप्ताबाट दैनिक गुजारा चलाउन असहज भएका सर्वसाधारणहरु काठमाडौं उपत्यका छोडी पृथ्वी राजमार्ग हुँदै आफ्नो गाउँ घर तर्फ जाँदै गरेको भिड देखिएपछि यस संस्थाले सामाजिक दूरी कायम गरी बेनिघाट बजारमा हेल्प डेस्कको स्थापना गरेको थियो ।

संस्थाले हेल्प डेस्क मार्फत दिउँसो राजमार्ग हुँदै पैदल तथा साइकलबाट यात्रा गर्ने यात्रुहरुका लागि खाजा, पानी र मास्क पनि वितरण गरिएको थियो । स्थानीय सरकार, स्थानिय बृद्धिजिवी अभिभावक र कारु स्मृति प्रतिष्ठानका यूवाहरु मिलेर बेलुका हिडने पैदल यात्रुहरुलाई खाना र बास स्थानको व्यवस्था मिलाइए थियो ।

साथै लकडाउनको बेला स्थानीय सरकारले गरिब, दुखी र दैनिक मजदुर गरी जिवनयापन गर्ने जनताहरुला राहत वितरण गरिएको थियो । सोही राहत वितरण कार्यक्रमा कारु स्मृति प्रतिष्ठानले बेनिघाट वडा नं. ५ भित्र स्वयम सेवकको भूमिका निर्वाह गरेका थिए र वडा नं. ५ लाई केही बोरा चामल, नुन तेल र दाल समेत किनेर सहयोग पनि गरेको थियो ।

हालैसालै मात्र आएको प्रकृति प्रकोप अर्थात लगातार मुसलधारे पानीले गर्दा आएको बाढी, पहिरोले धादिङ जिल्लाको विभिन्न ठाउँ सहित विशेष गरी बेनिधाट रोराङ गाउँपालिकामा अलि बढी क्षति भएको छ ।

बेनिघाट बजारमा पहिरोले क्षति पुर्‍याएको स्थानमा कारु स्मृति प्रतिष्ठानका यूवाहरु सक्रियतामा पीडित घर तथा परिवारलाई उद्दार गरिएको संस्थाले जनाएको छ ।

अविरल वर्षाका पानीका कारण गोरखा र धादिङ जिल्ला जोड्ने पुलमा लेदो माटो र ढुङ्गा थुपारिएको थियो र सवारी साधनहरु आवज–जावतमा अवरोध भएको थियो ।

यस कारु स्मृति प्रतिष्ठानका यूवाहरु मिलि दोजरद्वारा पुलमा रहेको लेदो माटो र ढुङ्गा हटाई, मानिसहरु र सवारी साधनहरु आवज–जावत सहज बनाउनका सहयोग गरिएको छ ।

आगामी दिनहरुमा पनि भैपरी आउने जुनसुकै विषम् परिस्थिति, सुख, दुःख, समाजको स्तरउन्नतिका लागि यस कारु स्मृति प्रतिष्ठानका यूवाहरुले सदैव सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ३ : २६ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि