बढी भाडा लिने सवारी साधनलाई कारबाही | Khabarhub Khabarhub

बढी भाडा लिने सवारी साधनलाई कारबाही


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप- मन्थली नगरपालिका–९ पुरानागाउँका महेशकुमार श्रेष्ठलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानुपर्ने भयो ।

पाँच वर्षदेखि बाथरोगबाट पीडित उहाँ लकडाउनका कारण नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जान पाएका थिएनन् ।

लकडाउन अन्त्यको घोषणा भएपछि उनी काठमाडौँ जान सदरमुकाम मन्थली झरे । मन्थली ती हिँडेर आए तर लकडाउन खुलेको भए पनि सार्वजनिक यातायातका साधन अझै जिल्ला बाहिर चलेका छैनन् ।

काठमाडौँ जाने साधन पाउन उनलाई गाह्रो भयो । स्वास्थ्य समस्याका कारण जसरी पनि काठमाडौँ जानपर्ने बाध्यतामा परेका उनले दिनभर काठमाडौँ जाने साधन खोजे तर कतै भेटेनन् ।

त्यो रात उनको मन्थलीमै बास भयो । भोलिपल्ट बिहानैदेखि काठमाडौँ जाने सवारीको खोजीमा लागे । दिनभरको प्रयासपछि बल्ल काठमाडौँ जाने निजी बोलेरो भेटे । शरीरको दुखाइ र दुई दिनको मन्थलीको गर्मीले गलेका उनी साँझपख प्रदेश ३­१०२३ च २४२६ नम्बरको बोलेरो चढे ।

गाडी चढेको केही समयपछि भाडाको बारेमा कुरा भयो । ‘‘चालकले मन्थलीबाट काठमाडौँ गएको भाडा दुई हजार ५ सय रुपैयाँ भनेपछि म त छक्क परें’’, उनले भने । ५ सय रुपैयाँ भाडा लाग्ने ठाउँको भाडा दुई हजार ५ सय भनेपछि छक्क पर्नु पनि स्वभाविक नै हो ।

भाडामा ५० प्रतिशतसम्म वृद्धि गर्न पाउने कुरा उनले सुनेका थिए । पाँच गुना बढी भाडा लिएपछि उनले प्रतिवाद गरे । चालकले भाडा घट्ने कुरै गरेनन् । अन्तमा दुई हजार रुपैँया भाडा तिरेर उनी रातको १२ बजे काठमाडौँ पुगे ।

लिखु तामाकोशी गाउँपालिका–२ दुरागाउँका विजय सुनुवार पनि एक दिनभरि लगाएर हिँडेर काठमाडौं जान गाउँबाट मन्थली आए । मन्थली बजारमा बाक्लै गुड्ने सुमोले टिकट नकाट्ने शर्त राखेर दुई हजार ५ सयदेखि तीन हजरसम्म भाडा मागेपछि उनी पनि छक्क परे ।

गाडी भाडा सुनेर के गर्ने भन्ने दोधारमा परेका उनी अन्तिममा टिकट नकाटी दुई हजार ५ सय रुपैयाँ भाडा तिरेर काठमाडौं पुगे ।

यी दुई उदाहरण मात्र हुन् । अहिले असहज अवस्थाको मौका छोपेर सवारी साधनले मनलाग्दी भाडा असुल्दा दैनिक सयौँको सङ्ख्यामा यात्रु ठगिएका छन् । सर्वसाधारणको बाध्यताको फाइदा यातायात सञ्चालकले लिइरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामेश्वर पाण्डे बिरामी बोक्ने, शक्ति र पहुँचका भरमा सञ्चालन भएका र प्रशासनबाट पास लिएका केही सार्वजनिक सवारी साधनले बढी भाडा लिएको गुनासो आएको बताउँछन् । अहिलेसम्म बढी भाडा असुल्ने १५ भन्दाबढी निजी सवारीलाई कारवाही गरिएको उनले बताए ।

बढी भाडा लिएको गुनासो आएसँगै चेकजाँचमा कडाइ गरिएको उनले बताए । उनले चेकपोष्टमा रहेका प्रहरीले सोधखोज गर्दा आफूसँग लिएको भाडाका बारेमा सत्य बोल्न यात्रुहरुसँग आग्रह समेत गरे ।

रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिरामी लैजाने र अन्य विभिन्न प्रयोजनमा काठमाडौँ जाने पास लिएका सार्वजनिक सवारीले बढी भाडा लिएको गुनासो आएसँगै त्यस्ता सवारीलाई दिइने पासमा थप कडाइ गरिएको बताइन । उनले भनिन्, “बढी भाडा असुलेको गुनासो आएपछि चोकजाँमा थप कडाइ गरी बढी भाडा लिने सार्वजनिक तथा निजी सवारी साधनलाई कारवाही गरिएको छ ।’

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ३ : ५८ बजे

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमार्फत बलियो हुने

कवीन्द्रले भने- रास्वापाले २८९ पालिका र ४ हजार ४८७ वडामा संगठन विस्तार गर्न सकेन

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीले अझै ४ हजार ४ सय ८७

महामन्त्री बुर्लाकोटीले भने- आफ्ना खुट्टामा अल्झेनौँ भने कसैले लडाउन सक्दैन

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीको सांगठनिक प्रतिवेदन

जापानद्वारा दुई वर्षमा पहिलो पटक चीनमा समुद्री खाद्य निर्यात पुनः सुरु

टोकियो– दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी

औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

सिरहा– लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य