आज काठमाडौंमा थपिए ८ कोरोना संक्रमित « Khabarhub

आज काठमाडौंमा थपिए ८ कोरोना संक्रमित


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकाका थप ८ जनामा कोरोना पुष्टि भएको बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा दुई जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन जना र स्टार अस्पताल ललितपुरमा तीन जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

मन्त्रालयका अनुसार  ५४४० सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार १२८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ४ : ३४ बजे

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री