अस्पतालबाट अमिताभ बच्चनले भने – रातको अँध्यारोमा चिसो कोठामा म गाउँछु « Khabarhub

अस्पतालबाट अमिताभ बच्चनले भने – रातको अँध्यारोमा चिसो कोठामा म गाउँछु


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सेलिब्रेटी अमिताभ, अभिषेक, ऐश्वर्या र आराध्या बच्चनमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

अस्पतालमा हुँदा पनि अमिताभ बच्चन सामाजिक सञ्जालमा सक्रिय छन् । उनले अस्पतालबाटै आफ्ना फ्यानसँग अनुभव शेयर गरिरहेका छन् ।

हालै उनले आफ्नो ब्लगमार्फत कोरोना भाइरसका कारण मानसिक रुपमा स्वास्थ्यमा पर्ने असरबारे शेयर गरे ।

‘रातको अँध्यारोमा एक चिसो कोठामा म गाउँछु, सुत्ने प्रयास गर्दै आँखा बन्द गर्छु, यहाँ तपाईंसँग कोही हुँदैनन्,’ अमिताभले आफ्नो ब्लगमार्फत भने‌, ‘कैयन् हप्तादेखि मैले कसैलाई देखेको छैन, जो डाक्टरले तपाईंको उपचार गर्छन्, उनीहरु पनि पीपीई किटमा हुन्छन् ।’

अमिताभ अगाडि लेख्छन्, ‘के यसको असर मानसिक स्वास्थ्यमा पर्छ ?’

उनले मनोचिकित्सकका अनुसार यसको असर पर्ने बताएका छन् । उनका अनुसार अस्पतालबाट निस्केपछि पनि मान्छे डराइरहेको हुन्छ । ‘मान्छे सार्वजनिक स्थलमा जान पनि डराउँछ, उनीहरुलाई लाग्न सक्छ कि, मान्छेले अब फरक व्यवहार गर्नेछन्,’ उनी भन्छन् ।

‘यस्तो व्यवहार, जो आफ्नो रोग लिएर हिँडिरहेको छ, यसलाई छुवाछूतको डर भनिन्छ, यसले मान्छेलाई डिप्रेसन र एक्लोपनामा लैजान्छ,’ अमिताभ आफ्नो ब्लगमार्फत शेयर गर्छन् ।

बिहीवार अमिताभ बच्चनको कोरोना परीक्षण नेगेटिभ आएको बताइएको थियो । उनी पूर्ण रुपमा ठीक भएको भनिएको थियो । तर, अमिताभले यो खबर गलत भएको बताएका थिए ।

उनले ट्वीट गरेका थिए, ‘यो खबर गलत, गैरजिम्मेवार र झूठ हो ।’

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ४ : ४६ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड