पेस्तोल पड्किँदा हवल्दार घाइते « Khabarhub

पेस्तोल पड्किँदा हवल्दार घाइते


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकमपश्चिम – पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन् ।

नियमित हातहतियार सफाइका क्रममा आज दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय खड्का घाइते भएका हुन् ।

सशस्त्र प्रहरी बल ४७ नं गुल्म मुसीकोट नगरपालिका–१ मठमा कार्यरत खड्काको पेस्तोल सफाइ गर्ने क्रममा पड्किँदा खुट्टाको घुँडाभन्दा माथिको भागमा लागेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए ।

उनको अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रजिअ पौडेलले बताए ।

सशस्त्र प्रहरीले हरेक हप्ता हातहतियार सफाइ गर्ने गर्ने गरेको छ । सोही क्रममा आज पेस्तोल सफा गर्दा पड्किएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ५ : ४४ बजे

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको