आगलागीले निस्सासिएकी वृद्धाको उद्धार « Khabarhub

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज ऊर्जा पसलमा भएको आगलागीमा परी निस्सासिएकी एक वृद्धा महिलाको उद्धार गरिएको छ । सोमबार साँझ आगलागीले जलिरहेको घरबाट ७० वर्षीया तुलसी भुसालको उद्धार गरिएको हो ।

नेपाली सेनाका उपसेनानी मनोज कुँवर र नेपाल प्रहरीका प्रहरी निरीक्षक राजन भट्टराईको टोलीले भवनको भित्ता फोडेर चौथो तलाबाट बेहोस अवस्थामा रहेकी वृद्धाको उद्धार गरेको राजदल गण विमानस्थल सुर्खेतका प्रमुख सेनानी भद्रबहादुर सिंहले जानकारी दिएको छ।

अहिले उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

प्रमुख सेनानी सिंहले बिजुलीको काम गर्ने क्रममा विद्युत् ‘सर्ट’ भएर आगो लागेको जानकारी दिए। पसलभित्र रबर, टायर र छिटो आगो सल्किने वस्तु रहेकाले नियन्त्रणमा कठिनाइ भएको उनको भनाइ छ । आगो पाँच घण्टापछि मात्र नियन्त्रणमा आएको थियो ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने तथा आगलागीको थप कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिएका छन्।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ६ : ३८ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो