बिहे गरी अमेरिका लैजाने प्रलोभनमा लाखौं ठगी, दुई युवती प्रकाउ « Khabarhub

बिहे गरी अमेरिका लैजाने प्रलोभनमा लाखौं ठगी, दुई युवती प्रकाउ


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल फेसबूक तथा टिकटकमार्फत युवालाई फलो गर्ने र बिहे गरी अमेरिकामा लैजाने भन्दै ठगी गर्ने दुई जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

आफू डिभी परेर अमेरिका गएको र बिहे गरेर अमेरिका लैजाने भन्दै लाखौं ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले बाग्लुङको काठेगाँउपालिका वडा नं. २ घर भई भक्तपुरस्थित रोजभिलेज कोलोनीमा बस्दै आएका २ युवतीलाई प्रकाउ गरेको हो ।

प्रहरीका अनुसार प्रकाउ पर्नेमा २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेका छन् । प्रहरीले यी दुईले पटक–पटक गरी ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको जनाएको छ ।

प्रहरीले दुवैलाई ९ असारमा बुटवलबाट पक्राउ गरी ठगी मुद्दामा महानगरीय प्रहरी वृत्त ठिमी पठाएको छ ।

प्रहरीका अनुसार युवतीहरूले सामाजिक सञ्जालमा पीडितलाई फलो गरिरहने, फ्रेन्ड रिक्वेस्ट पठाउने र फ्यान भएको भन्दै एसेप्ट गर्न बाध्य पार्ने गरेका थिए । पक्राउ परेकी कोपिला शर्माले आफूलाई अमेरिकाको डिभी परेको र हाल लकडाउनका कारण नेपालमा बस्दै आएको बताउने गरेकी थिइन् ।

उनीहरूले नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने र सो सञ्चालन गर्न पैसाको आवश्यकता परेको र पीडितलाई पार्टनर बनाउने भनी पटक–पटक गरी रु. ५ लाख ठगी गरेको प्रहरीले जनाएको छ ।

साथै कोपिला शर्माले बुबाको समेत फेक खाता बनाई ढुकुटीको पैसा तिर्ने बहानामा ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूले आफूहरु अमेरिकाको डिभी होल्डर भएको भन्दै भक्तपुरका पीडितको छोरीसँग मित लगाएर अमेरिका लैजान्छु भन्दै रुपैयाँ १ लाख ६० हजार ठगी गरेको बताएको छ ।

साथै उनीहरूले फिल्म क्षेत्रका व्यक्तिहरूलाई समेत फेसबूकमा निक्की पौडेलका नाममा फेक खाता बनाई आफूसँग बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गर्न खोजेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ६ : २१ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना