पहिरोले ज्यान गुमाएका परिवारलाई एक लाख सहयोग | Khabarhub Khabarhub

पहिरोले ज्यान गुमाएका परिवारलाई एक लाख सहयोग


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- पहिरोबाट ज्यान गुमाएका तनहुँको व्यास नगरपालिका–११ ओडारेका एक परिवारलाई राहतस्वरुप एक लाख प्रदान गरिएको छ ।

तनहुँका संघीय सांसद कृष्णकुमार श्रेष्ठले  एक लाख सहयोग गरेका हुन् । गत असार २९ गतेको पहिरोबाट ज्यान गुमाएका पदम चेपाङका परिवारलाई सांसद श्रेष्ठले सहयोग रकम प्रदान गरेका हुन् ।

उक्त रकम सांसद श्रेष्ठले आज मृतकका श्रीमती फूलमाया चेपाङलाई हस्तान्तरण गरे । जनतालाई दुःख परेको बेला आफू सधैँ जनताको साथमै रहेको बताउँदै सांसद श्रेष्ठले राहत रकमले पीडामा मलम लगाउन सहयोग पुग्ने बताए ।

नेपाल चेपाङ संघ तनहुँका अध्यक्षसमेत रहेका पदमको शव असार ३० गते भेटिएको थियो ।

यसैगरी सांसद श्रेष्ठले ओडारेका ३६ घर चेपाङ परिवारलाई ४० बोरा चामलसमेत उपलब्ध गराएका छन् ।

शनिबार मात्रै सांसद श्रेष्ठले भानु नगरपालिका–९ सिमलगैह्रामा पहिराले पुरिएर निधन भएका दुई जनाको परिवारलाई रु ५० हजार, व्यास नगरपालिका–९ माझफाँट र गजौडेका दुई छुट्टाछुट्टै परिवारलाई रु २५-२५ हजार प्रदान गरेका थिए ।

सांसदमा निर्वाचित भएपछि तलबभत्ता नलिने घोषणा गरेका श्रेष्ठले आफूले प्राप्त गर्ने तलबभत्ता विभिन्न सामाजिक संघ संस्थालाई हस्तान्तरण गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : ११ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक