कांग्रेसद्वारा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण शुरु « Khabarhub

कांग्रेसद्वारा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण शुरु


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका महाधिवेशन प्रतिनिधिका लागि जुम प्रविधिमार्फत प्रशिक्षण कार्यक्रम पुनः आरम्भ गरेको छ ।

वर्तमान परिस्थितिलाई मूल्यांकन गरी प्रशिक्षण हुन बाँकी प्रदेशहरुको कार्यक्रम जुम प्रविधिमार्फत गर्ने निर्णयअनुरुप शनिबार ओखलढुङ्गाका महाधिवेशन प्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा गर्दै प्रतिष्ठान प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधिले काँग्रेसलाई थप सशक्त बनाउन प्रशिक्षणलाई निरन्तरता दिइने बताए ।

पार्टीको सिद्धान्त, नीति र कार्यक्रमलाई सदस्यहरुमाझ पुर्‍याउने र सदस्यहरुमार्फत नागरिक मतदातालाई बुझाउन सके कांग्रेसको भविष्य थप सशक्त हुने उनको भनाइ थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले नयाँ पुस्तालाई राजनीतिप्रति आकर्षित गर्नुपर्ने, लोकतन्त्रप्रति विश्वस्त गराउनुपर्ने र काँग्रेसलाई भरपर्दो बनाउने प्रशिक्षणको लक्ष्य रहेको बताए ।

कार्यक्रममा ओखलढुङ्गा पार्टी सभापति प्रदीप सुनुवार, संविधानसभा सदस्य रामहरि खतिवडा, पार्टीका तर्फबाट प्रदेशसभा उम्मेदवारहरु मित्रसेन दाहाल र बालकृष्ण दाहालले आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रतिष्ठानका जिल्ला शाखा प्रमुख एवं जिल्ला कार्यसमिति ओखलढुङ्गाका उपसभापति तेजेन्द्र खनालको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका प्रशिक्षण निर्देशक खिलानाथ दाहाल र प्रतिष्ठानका सदस्य राजु नेपालले सदस्यहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रतिष्ठानले यसअघि वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश नं ५ का महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण सम्पन्न गरिसकेको छ । गत चैतमा सम्पन्न गर्ने लक्ष्यका साथ प्रशिक्षण तय भए पनि बन्दाबन्दीका कारण प्रदेश नं १, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशको प्रशिक्षण हुन सकेको थिएन ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ८ : ५८ बजे

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा

आइसीसी एकदिवसीय विश्वकप छनोट : १२ टोलीले मात्रै ‘सुपर १२’ खेल्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२७ मा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष