वीरगञ्जमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि « Khabarhub

वीरगञ्जमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

वीरगंजको नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एकजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको हो ।

नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले कोरोना विशेष अस्पतालमा आज बिहान मृत्यु भएका एकजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको जनाकारी दिएका हुन् ।

डा सिंहका अनुसार ती भारतीय नागरिक ६५ वर्षका पुरुष हुन् । उनी वीरगंजको आदर्शनगरमा कस्मेटिक तथा खेलौना पसल सञ्चालन गरेर बस्दै आएका थिए ।

मधुमेह तथा उच्च रक्तचापको समस्या भएका ती पुरुषमा एकसाता अघिदेखि स्वास्थ्यमा समस्या देखिएको थियो ।

श्वासप्रश्वासमा समेत समस्या भएपछि ती पुरुष वीरगंज हेल्थ केयरमा हिजो उपचारका लागि पुगेका थिए ।अस्पतालले उनको हिजो नै आरडीटी परीक्षण गरेको थियो ।

आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनलाई हेल्थ केयरले नारायणी अस्पतालको कोभिड विशेष अस्पतालमा रेफर गरेको थियो ।

कोरोना विषेश अस्पतालले उनको हिजो नै पीसीआर परीक्षणका लागि नमुना संकलन गरेको थियो । उनको कोरोना परीक्षणको रिपोर्ट आज साँझ पोजेटिभ आएको डा सिंहले जनाए ।

“आज बिहान मृत्यु भएका एकजना ६५ वर्षका पुरुषको कोरोना परीक्षणको रिपोर्ट आज पोजेभिट आयो,” डा सिंहले खबरहबसँग भने, “उहाँ भारतीय नागरिक हुन, वीरगंजमा पसल चलाएर सपरिवार बस्दै आएका थिए ।”

डा सिंहका अनुसार मृतक पुरुषकी पत्नीको पनि कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

डा सिंहका अनुसार नारायणी अस्पतालमा गरिएको परीक्षणमा ती पुरुषसहित १८ जनाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

अस्पतालले उनको कोरोनाले मृत्यु भएको पुष्टि गरेसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । स्थास्थ्य मन्त्रालयले भने उनको कोरोनाले मृत्यु भएको पुष्टि गर्न बाँकी छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ०७ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा