वीरगञ्जमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि « Khabarhub

वीरगञ्जमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

वीरगंजको नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एकजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको हो ।

नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले कोरोना विशेष अस्पतालमा आज बिहान मृत्यु भएका एकजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको जनाकारी दिएका हुन् ।

डा सिंहका अनुसार ती भारतीय नागरिक ६५ वर्षका पुरुष हुन् । उनी वीरगंजको आदर्शनगरमा कस्मेटिक तथा खेलौना पसल सञ्चालन गरेर बस्दै आएका थिए ।

मधुमेह तथा उच्च रक्तचापको समस्या भएका ती पुरुषमा एकसाता अघिदेखि स्वास्थ्यमा समस्या देखिएको थियो ।

श्वासप्रश्वासमा समेत समस्या भएपछि ती पुरुष वीरगंज हेल्थ केयरमा हिजो उपचारका लागि पुगेका थिए ।अस्पतालले उनको हिजो नै आरडीटी परीक्षण गरेको थियो ।

आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनलाई हेल्थ केयरले नारायणी अस्पतालको कोभिड विशेष अस्पतालमा रेफर गरेको थियो ।

कोरोना विषेश अस्पतालले उनको हिजो नै पीसीआर परीक्षणका लागि नमुना संकलन गरेको थियो । उनको कोरोना परीक्षणको रिपोर्ट आज साँझ पोजेटिभ आएको डा सिंहले जनाए ।

“आज बिहान मृत्यु भएका एकजना ६५ वर्षका पुरुषको कोरोना परीक्षणको रिपोर्ट आज पोजेभिट आयो,” डा सिंहले खबरहबसँग भने, “उहाँ भारतीय नागरिक हुन, वीरगंजमा पसल चलाएर सपरिवार बस्दै आएका थिए ।”

डा सिंहका अनुसार मृतक पुरुषकी पत्नीको पनि कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

डा सिंहका अनुसार नारायणी अस्पतालमा गरिएको परीक्षणमा ती पुरुषसहित १८ जनाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

अस्पतालले उनको कोरोनाले मृत्यु भएको पुष्टि गरेसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । स्थास्थ्य मन्त्रालयले भने उनको कोरोनाले मृत्यु भएको पुष्टि गर्न बाँकी छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ०७ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल