प्रदेश २ मा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

प्रदेश २ मा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर- २ मा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार धनुषा र वीरगञ्जमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले धनुषामा एकजना कोरोना संक्रमितको मृत्युभएको खबरहबलाई बताए ।

धनुषामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको हो ।

प्रजिअ निरौलाका अनुसार मृत्यु भएका कोरोना संक्रमित धनुषाको शहीदनगर नगरपालिका–८ डुमरीयाका ३८ वर्षका पुरुष हुन् ।

उनी त्यहाँका स्थानीय व्यापारी हुन् । ती पुरुषमा पहिलादेखि नै दम र मुटुसम्बन्धि समस्या थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनको हिजो प्रादेशिक अस्पताल जनकपुरको आइसीयूमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।

उनको प्रादेशिक अस्पताल जनकपुरबाट धरान लैजाँदै गर्दा बाटोमै मृत्युभएको प्रजिअ निरौलाले बताए ।

प्रजिअ निरौलाका अनुसार ती पुरुषको कोरोना परीक्षणको रिपोर्ट आज साँझ पोजेटिभ आएको हो ।

“उहाँ स्वास्थ्य समस्या भएर हिजो आईसीयूमा भर्ना हुनुभएको थियो, स्वास्थ्य अवस्था जटिल भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा उहाँको बाटोमै मृत्युभयो,” प्रजिअ निरौलाले खबरहबसँग भने, “अहिले बेलुका ७ बजे उहाँको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आयो ।”

प्रजिअ निरौलाका अनुसार ती पुरुषको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा नै राखिएको छ । उनको शव सोमबार नेपाली सेनाले अन्त्येष्टि गर्ने प्रजिअ निरौलाले जानकारी दिए ।

यसअघी आजै वीरगंजको नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एकजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको थियो ।

यो पनि पढौं

वीरगञ्जमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १० : १७ बजे

लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ : मन्त्री अधिकारी

ललितपुर – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले लेले–चन्दनपुर सडकलाई

नाइजेरियामा आगलागी हुँदा १७ जनाको मृत्यु

अबुजा – नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा मङ्गलबार राति छात्रावासमा भएको

बूढासुब्बा गोल्डकपः आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

धरान – आरटिसी भुटान फुटबल क्लबलाई ७–० गोल अन्तरले हराउँदै

अर्जुन ट्रफी : डडेल्धुरा र धनगढी सेमिफाइनलमा

फाप्ला – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट

आहा रारा पोखरा गोल्डकप : मच्छिन्द्रको विजयी सुरुआत

पोखरा – पोखरा रंगशालामा जारी २४ औं आहारारा पोखरा गोल्डकप