घरपरिवारमा सीमित रहेर गौरा पर्व मनाउन कांग्रेस सभापति देउवाको आग्रह « Khabarhub

घरपरिवारमा सीमित रहेर गौरा पर्व मनाउन कांग्रेस सभापति देउवाको आग्रह


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

देउवाले एक सन्देशमार्फत विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्नलायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको र त्यसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरेका छन् ।

विशेष गरी सुदूरपश्चिममा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको सभापति देउवाले बताएका छन्।

कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण देशका कैयौं भागमा लकडाउन र निषेधाज्ञा जारी रहेकाले यतिबेला जनजीवन कष्टकर बनेको उल्लेख गर्दे उनले कोरोना महामारीका कारण उत्पन्न यस्तो प्रतिकूल समयमा यसको जोखिमलाई दृष्टिगत गर्दै सुरक्षित रुपमै घर–परिवारमा सिमित रहेर गौरा पर्व मनाउन सबैलाई आग्रह गरे ।

यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै सभापति देउवाले शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ७ : ३९ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ