प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको सुरक्षा टोलीका ३ जनामा कोरोना संक्रमण « Khabarhub

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको सुरक्षा टोलीका ३ जनामा कोरोना संक्रमण


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षा स्कर्टिङका तीन जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको पुष्टि गरे ।

मुख्यमन्त्रीको स्कर्टिङमा खटिएका मध्ये एक जना प्रहरी हवल्दार र दुई जना प्रहरी जवानमा संक्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले बताए ।

उनका अनुसार ती सुरक्षाकर्मीहरू मुख्यमन्त्रीको स्कर्टिङमा खटिदै आएका थिए । मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरूको पिसिआर स्वाब परीक्षण गर्ने क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुने दुई जना नेपाल प्रहरीका र एक जना सशस्त्र प्रहरीका हुन् ।

पाँच दिनअघि पनि इलाका प्रहरी कार्यालय बुटवलका एकजना प्रहरीमा संक्रमण देखिएको थियो । उनीहरू सबैलाई बुटवल उपमहानगरले सञ्चालन गरेको एन्फा आइसोलेशनमा पठाएको जनाइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १० : १८ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज