मेस्सी: सुनौलो बार्सिलोना बसाइँको दुखद् अन्त्य नजिक « Khabarhub

मेस्सी: सुनौलो बार्सिलोना बसाइँको दुखद् अन्त्य नजिक


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो दश दिनयता बार्सिलोनाका कप्तान लियोनल मेस्सी सरुवा चाहन्छन् भन्ने खबरले विश्व फुटबल तताएको छ ।

मेस्सीका बारेमा बुधबार बिहान आएको एक खबरले विश्व खेल जगतमा तरंग पैदा गरेको छ । पछिल्लो खबरमा भनिएको छ, मेस्सीले क्लबलाई पत्र काटे । अब उनी बार्सिलोनामा बस्न चाहन्नन् ।

पत्र लेखेरै उनले क्लबलाई म क्लब छाड्न चाहेको र यसका लागि सहज बनाउन अनुरोध गरेका छन् ।

मेस्सी र क्लबबीचको सम्झौता सन् २०२०–२१ को सिजन अन्त्यसम्म बाँकी छ । उनले क्लब छाड्ने योजना बनाउनुका पछाडि अगस्टको मध्यतिर भएको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा लज्जास्पद हार व्यहोरेपछि उनी क्लबबाट बाहिरिन चाहेका छन् । उक्त खेलमा बार्यन म्युनिख (पछि च्याम्पियन बन्यो) सँग ८–२ गोल अन्तरको फराकिलो हार व्येहोरेको थियो ।

दुई दशक लामो बार्सिलोना बसाइँमा मेस्सीले क्लबलाई र क्लबले मेस्सीलाई पनि धेरै कुरा दिए । जस्तो कि मेस्सीले ६ पटक बालन डि ओर अवार्ड नै हात पारे । जुन अहिलेसम्म सबैभन्दा धेरै बालन डि अर जित्ने खेलाडी नै मेस्सी बने ।

त्यतिमात्रै होइन बालन डि अरका लागि सबैभन्दा धेरै पटक नोमिनेट हुने पनि मेस्सी र क्रिष्टयानो रोनाल्डो रहेका छन् । उनीहरु दुवैजना समान १२ पटक नोमिनेट भएका छन् ।

अर्जेन्टिनाका समेत कप्तान रहेका मेस्सीका लागि अहिले कुन क्लब जाने भन्ने निश्चत भइसकेको छैन । तर, पनि अब उनी क्लब छाड्न चाहेको कुरा स्पष्ट भइसकेको छ । उनका कतिपय प्रशंसकले अझै पनि चाहन्छन् उनी बार्सिलोना नछाडून् ।

मेस्सीका काुननी सल्लाहकारहरुका अनुसार मेस्सीलाई क्लबले रोक्ने छैन । यद्यपि अहिले नै बार्सिलोनाले के गर्छ भन्न सकिने अवस्था छैन । पछिल्लो समय रोनाल्ड कोम्यान प्रशिक्षकको जिम्मेवारीमा आएपछि मेस्सीसहितको टीमको परिकल्पना गरेका छन् ।

तर, पनि कोम्यान र मेस्सीबीच पनि क्लब छाड्ने विषयमा कुरा भइसकेको छ । अब कोम्यान उनीविनाको टिमको परिकल्पना गरिरहेका छन् ।

अध्यक्ष जोसेफ बर्तमोउले यदि मेस्सीले आफ्नो करियर बार्सिलोना बाहिर खोज्न चाहन्छन् भने प्रश्न गर्ने ठाउँ रहेको बताइसकेका छन् ।

बार्सिलोनामा सुनौलो समय बिताएका मेस्सीको क्लबसँगको सम्बन्ध अन्त्य भने दुखद् हुने भएको छ । फ्री ट्रान्सफरमार्फत मेस्सीले क्लब छाडे उनी कुन क्लब जाने भन्ने अहिलेसम्म कुनै निश्चित छैन ।

यद्यपि अन्तर्राष्ट्रिय सञ्चार जगतमा उनलाई लिन प्रिमियर लिग टिम म्यान्चेस्टर सिटी तयार रहेको भन्ने समाचारहरु आइरहेका छन् ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ११ : १२ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव