मेस्सी: सुनौलो बार्सिलोना बसाइँको दुखद् अन्त्य नजिक « Khabarhub

मेस्सी: सुनौलो बार्सिलोना बसाइँको दुखद् अन्त्य नजिक


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो दश दिनयता बार्सिलोनाका कप्तान लियोनल मेस्सी सरुवा चाहन्छन् भन्ने खबरले विश्व फुटबल तताएको छ ।

मेस्सीका बारेमा बुधबार बिहान आएको एक खबरले विश्व खेल जगतमा तरंग पैदा गरेको छ । पछिल्लो खबरमा भनिएको छ, मेस्सीले क्लबलाई पत्र काटे । अब उनी बार्सिलोनामा बस्न चाहन्नन् ।

पत्र लेखेरै उनले क्लबलाई म क्लब छाड्न चाहेको र यसका लागि सहज बनाउन अनुरोध गरेका छन् ।

मेस्सी र क्लबबीचको सम्झौता सन् २०२०–२१ को सिजन अन्त्यसम्म बाँकी छ । उनले क्लब छाड्ने योजना बनाउनुका पछाडि अगस्टको मध्यतिर भएको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा लज्जास्पद हार व्यहोरेपछि उनी क्लबबाट बाहिरिन चाहेका छन् । उक्त खेलमा बार्यन म्युनिख (पछि च्याम्पियन बन्यो) सँग ८–२ गोल अन्तरको फराकिलो हार व्येहोरेको थियो ।

दुई दशक लामो बार्सिलोना बसाइँमा मेस्सीले क्लबलाई र क्लबले मेस्सीलाई पनि धेरै कुरा दिए । जस्तो कि मेस्सीले ६ पटक बालन डि ओर अवार्ड नै हात पारे । जुन अहिलेसम्म सबैभन्दा धेरै बालन डि अर जित्ने खेलाडी नै मेस्सी बने ।

त्यतिमात्रै होइन बालन डि अरका लागि सबैभन्दा धेरै पटक नोमिनेट हुने पनि मेस्सी र क्रिष्टयानो रोनाल्डो रहेका छन् । उनीहरु दुवैजना समान १२ पटक नोमिनेट भएका छन् ।

अर्जेन्टिनाका समेत कप्तान रहेका मेस्सीका लागि अहिले कुन क्लब जाने भन्ने निश्चत भइसकेको छैन । तर, पनि अब उनी क्लब छाड्न चाहेको कुरा स्पष्ट भइसकेको छ । उनका कतिपय प्रशंसकले अझै पनि चाहन्छन् उनी बार्सिलोना नछाडून् ।

मेस्सीका काुननी सल्लाहकारहरुका अनुसार मेस्सीलाई क्लबले रोक्ने छैन । यद्यपि अहिले नै बार्सिलोनाले के गर्छ भन्न सकिने अवस्था छैन । पछिल्लो समय रोनाल्ड कोम्यान प्रशिक्षकको जिम्मेवारीमा आएपछि मेस्सीसहितको टीमको परिकल्पना गरेका छन् ।

तर, पनि कोम्यान र मेस्सीबीच पनि क्लब छाड्ने विषयमा कुरा भइसकेको छ । अब कोम्यान उनीविनाको टिमको परिकल्पना गरिरहेका छन् ।

अध्यक्ष जोसेफ बर्तमोउले यदि मेस्सीले आफ्नो करियर बार्सिलोना बाहिर खोज्न चाहन्छन् भने प्रश्न गर्ने ठाउँ रहेको बताइसकेका छन् ।

बार्सिलोनामा सुनौलो समय बिताएका मेस्सीको क्लबसँगको सम्बन्ध अन्त्य भने दुखद् हुने भएको छ । फ्री ट्रान्सफरमार्फत मेस्सीले क्लब छाडे उनी कुन क्लब जाने भन्ने अहिलेसम्म कुनै निश्चित छैन ।

यद्यपि अन्तर्राष्ट्रिय सञ्चार जगतमा उनलाई लिन प्रिमियर लिग टिम म्यान्चेस्टर सिटी तयार रहेको भन्ने समाचारहरु आइरहेका छन् ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ११ : १२ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक