काठमाडौं महानगरभित्रका खाद्यान्न, फलफूल र माछामासुको अनुगमन गरिने « Khabarhub

काठमाडौं महानगरभित्रका खाद्यान्न, फलफूल र माछामासुको अनुगमन गरिने


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महामारीको समयमा खाद्यान्न, फलफूल तथा तरकारी बिक्री बितरण गर्दा मुल्य र गुणस्तरमा हुन सक्ने ठगी रोक्न काठमाडौं महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले नियमित अनुगमन गर्ने भएको छ ।

भदौ ९ गते महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको समितिको बैठकले अनुगमनलाई नियमित गर्ने निर्णय गरेको हो ।

काठमाडौंको बजार नियमन र व्यवस्थापन गर्न धेरै कार्यालयहरुबाट अनुगमन गर्दा फितलो हुन्छ । नियमित र व्यवस्थित पेशा गर्नेलाई झर्को हुन्छ । बैठकमा बोल्दै उपमेयर खड्गी श्रेष्ठले भनिन् – ‘उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने सबै पक्षलाई लिएर महानगरको नेतृत्वमा अनुगमन गरौं । अनुगमन मौसमी भयो भने बजार नियमन हुन सक्दैन त्यसैले यसलाई नियमित गरौं ।’

बैठकमा कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले महामारीका समयमा खाद्यान्न, फलफूल र तरकारीको आयातमा कमी भएको बताउँदै यही बहानामा मुल्य बढेको गुनासो आएको बताए ।

गुनासोको व्यवस्थापन गर्नको लागि पनि अनुगमन गर्नु पर्ने उनको भनाइ छ ।

बजार अनुगमनमा जाँदा प्रचलित व्यवस्था विपरित काम गर्नेलाई दण्डित गर्ने अधिकार बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा छ । महानगरपालिकाले संयन्त्र बनाउने हो भने यो अधिकार हामी प्रत्यायोजन गर्न सक्छौं ।

बैठकमा विभागका निर्देशक सागर मिश्रले त्यो संयन्त्र तयार नहुञ्जेल महानगरबाट हुने अनुगमनमा विभागको प्रतिनिधि सहभागी हुने बताउनु भयो । विभागका प्रतिनिधिले त्रुटी गर्नेलाई अनुगमनकै क्रममा जरिवाना तिराउन सक्नेछन् ।

बैठकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल चेम्बर अफ कमर्स, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका प्रतिनिधिहरु सहभागी थिए ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ११ : २३ बजे

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा