आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु « Khabarhub

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन प्रक्रिया धमाधम अगाडि बढाएको छ ।

गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालले प्रविष्टि गरिएको तथ्याङ्कमा रहेका गल्ती, दोहोरिएका विवरण तथा नमिलेका अङ्कलाई सच्याएर गुणस्तर सुनिश्चित गरिने जानकारी दिए ।

लगत प्रशोधन प्रक्रियालाई अत्यन्त महत्त्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिइन्छ । सङ्कलन गरिएको तथ्याङ्कलाई सही, परिमार्जित र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिन्छ । आर्थिक गणनामा १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान सहभागी भएका थिए । गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना भएको थियो ।

प्रतिष्ठानलाई तिनीहरूको प्रकृतिका आधारमा औद्योगिक, व्यापारिक, सेवामूलक अन्तरराष्ट्रिय वा राष्ट्रिय मापदण्डअनुसार कोडिङ गरिने छ । यस्तै, कागजी वा डिजिटल फारमलाई केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्टि गर्ने काम भइरहेको निर्देशक डा. ढकालले उल्लेख गरे ।

करिब दुई लाख व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रविष्ट गरिएको छ भने करिब छ लाख प्रतिष्ठानको कोडिङ सम्पन्न गरिसकिएको छ । व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्था, व्यापारसम्बन्धी प्रतिष्ठानको सङ्ख्या अलगअलग गणना गरी समावेश गरिनेछ । तथ्याङ्क प्रविष्टलगायत कार्यका लागि २०० जनशक्ति व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ७ : ३१ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या