चितवनको आइसोलेसनबाट भागेका कोरोना संक्रमित युवक नुवाकोटमा भेटिए « Khabarhub

चितवनको आइसोलेसनबाट भागेका कोरोना संक्रमित युवक नुवाकोटमा भेटिए


१० भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत अवस्थामै भागेका युवा बुधबार फेला परेका छन् ।

उनलाई नुवाकोटमा फेला पारेको प्रहरीले जनाएको छ ।

भरतपुर अस्पतालको आइसोलेसनबाट भागेको ती युवक बुधबार बिहान १०:३० बजे नुवाकोट जिल्लाको बेलकोटगढी वडा नम्बर ५ मा भेटिएको चितवन प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको चेकिङको क्रममा उनी फेला परेको चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

उनलाई नुवाकोटमै आइसोलेसनमा राख्नको लागि समन्वय गरिएको छ।

प्रहरीकाअनुसार उनी साइकल चढेर चितवनबाट नुवाकोट पुगेका थिए। भरतपुर महानगरपालिका–१२ बस्दै आएका १९ वर्षीय युवक चोरीको आरोपमा पक्राउ परेका थिए। हिरासतमै उनमा संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  १२ : ३१ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ