नवलपुरका कांग्रेस सचिवसहित गण्डकी प्रदेशमा १८ जनालाई कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

नवलपुरका कांग्रेस सचिवसहित गण्डकी प्रदेशमा १८ जनालाई कोरोना संक्रमण पुष्टि



पोखरा – गण्डकी प्रदेशमा थप १८ जनामा बुधबार कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा स्वास्थ्यकर्मीदेखि राजनीतिक दलका नेतासमेत छन् ।

नवलपरासी पूर्वका १० जना, लमजुङका ३, कास्कीका २, गोरखाका २ र बाग्लुङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार लमजुङ बेसीसहरका ३ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका १४ का ५८ वर्षका पुरुष र पोखरा १७ का २८ वर्षका पुरुषमा पनि बुधबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

नवलपुरका कांग्रेस सचिव संक्रमित

नवलपरासी पूर्वमा नेपाली कांग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरेसहित १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये गैंडाकोट नगरपालिकाका २ जना भारतबाट आई क्वारेन्टिनमा रहेका व्यक्ति हुन् भने बाँकी सबै समुदायका संक्रमित हुन् ।

नेपाली कांग्रेसका नवलपुर सचिव घिमिरेले आफू संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै आफ्नो सम्पर्कमा रहेका सबैलाई परीक्षण गराउन आग्रह गरेका छन् ।

बुधबार संक्रमण पुष्टि हुनेमा अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी तथा राजनीतिक दलका नेतासमेत रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालय पोखरा र भरतपुर अस्पताल प्रयोगशालाबाट परीक्षण गरिएका मध्ये कावासोती नगरपालिकाका ५ जना रहेका छन् भने गैंडाकोट नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

कावासोती नगरपालिकाका जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद नागिलाकाअनुसार कावासोती नगरपालिका वडा नम्बर ३ की २३ वर्षीया महिला, कावासोती ८ का ४७ वर्षीय पुरुष, कावासोती १४ का ४१ वर्षीय महिला, कावासोती १६ का ३३ वर्षीय पुरुष र कावासोती १६ का २८ वर्षीय पुरुषलाई कोरोना पोजेटिभ देखिएको छ ।

कावासोती ३ की महिला कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा कार्यरत कर्मचारी रहेको पनि नागिलाले जानकारी दिए ।

योसहित कावासोती नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या ७१ पुगेको छ भने ५३ जना निको भएर घर फर्किसकेका छन् ।

बुधबार बिहान मात्रै गण्डकी प्रदेशका २३ जनामा संक्रमण पुष्टि गरिएको थियो । जसमध्ये १७ जना नेपाली सेनामा कार्यरत थिए ।

समुदायका सात संक्रमित

कावासोती नगरपालिकाका पाँच जना मध्ये ४ जना संक्रमित कावासोती १६ डण्डाका ब्यापारीको कन्ट्याक्ट ट्रेसिङबाट आएका व्यक्ति हुन् ।

तीमध्ये एकजना अस्पतालका कर्मचारी, एकजना अस्पताल परिसरमा रहेको क्यान्टिनका व्यक्ति र अर्का एक जना स्थानीय राजनीतिक दलका सक्रिय व्यक्ति हुन् ।

यस्तै, गैंडाकोट नगरपालिकाका २ महिला र २ पुरुषमा संक्रमण देखिएको छ । गैडाकोट वडा नम्बर १३ का ३० र २४ वर्षका २ पुरुष र गैडाकोट नगरपालिकाकी ५२ र ४० वर्षकी महिला तथा देवचुली नगरपालिकाका वडा नम्बर १० की २४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख चापागाईँले जानकारी दिए ।

मनाङ जिल्ला अस्पताल शिल

जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि मनाङ जिल्ला अस्पताल शिल गरिएको छ । स्याङजा चापाकोट घर भइ मनाङ जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएपछि अस्पताल शिल गरिएको हो ।

कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेकका सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ३ : ०८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन