नवलपुरका कांग्रेस सचिवसहित गण्डकी प्रदेशमा १८ जनालाई कोरोना संक्रमण पुष्टि « Khabarhub

नवलपुरका कांग्रेस सचिवसहित गण्डकी प्रदेशमा १८ जनालाई कोरोना संक्रमण पुष्टि



पोखरा – गण्डकी प्रदेशमा थप १८ जनामा बुधबार कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा स्वास्थ्यकर्मीदेखि राजनीतिक दलका नेतासमेत छन् ।

नवलपरासी पूर्वका १० जना, लमजुङका ३, कास्कीका २, गोरखाका २ र बाग्लुङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार लमजुङ बेसीसहरका ३ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका १४ का ५८ वर्षका पुरुष र पोखरा १७ का २८ वर्षका पुरुषमा पनि बुधबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

नवलपुरका कांग्रेस सचिव संक्रमित

नवलपरासी पूर्वमा नेपाली कांग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरेसहित १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये गैंडाकोट नगरपालिकाका २ जना भारतबाट आई क्वारेन्टिनमा रहेका व्यक्ति हुन् भने बाँकी सबै समुदायका संक्रमित हुन् ।

नेपाली कांग्रेसका नवलपुर सचिव घिमिरेले आफू संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै आफ्नो सम्पर्कमा रहेका सबैलाई परीक्षण गराउन आग्रह गरेका छन् ।

बुधबार संक्रमण पुष्टि हुनेमा अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी तथा राजनीतिक दलका नेतासमेत रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालय पोखरा र भरतपुर अस्पताल प्रयोगशालाबाट परीक्षण गरिएका मध्ये कावासोती नगरपालिकाका ५ जना रहेका छन् भने गैंडाकोट नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

कावासोती नगरपालिकाका जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद नागिलाकाअनुसार कावासोती नगरपालिका वडा नम्बर ३ की २३ वर्षीया महिला, कावासोती ८ का ४७ वर्षीय पुरुष, कावासोती १४ का ४१ वर्षीय महिला, कावासोती १६ का ३३ वर्षीय पुरुष र कावासोती १६ का २८ वर्षीय पुरुषलाई कोरोना पोजेटिभ देखिएको छ ।

कावासोती ३ की महिला कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा कार्यरत कर्मचारी रहेको पनि नागिलाले जानकारी दिए ।

योसहित कावासोती नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या ७१ पुगेको छ भने ५३ जना निको भएर घर फर्किसकेका छन् ।

बुधबार बिहान मात्रै गण्डकी प्रदेशका २३ जनामा संक्रमण पुष्टि गरिएको थियो । जसमध्ये १७ जना नेपाली सेनामा कार्यरत थिए ।

समुदायका सात संक्रमित

कावासोती नगरपालिकाका पाँच जना मध्ये ४ जना संक्रमित कावासोती १६ डण्डाका ब्यापारीको कन्ट्याक्ट ट्रेसिङबाट आएका व्यक्ति हुन् ।

तीमध्ये एकजना अस्पतालका कर्मचारी, एकजना अस्पताल परिसरमा रहेको क्यान्टिनका व्यक्ति र अर्का एक जना स्थानीय राजनीतिक दलका सक्रिय व्यक्ति हुन् ।

यस्तै, गैंडाकोट नगरपालिकाका २ महिला र २ पुरुषमा संक्रमण देखिएको छ । गैडाकोट वडा नम्बर १३ का ३० र २४ वर्षका २ पुरुष र गैडाकोट नगरपालिकाकी ५२ र ४० वर्षकी महिला तथा देवचुली नगरपालिकाका वडा नम्बर १० की २४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख चापागाईँले जानकारी दिए ।

मनाङ जिल्ला अस्पताल शिल

जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि मनाङ जिल्ला अस्पताल शिल गरिएको छ । स्याङजा चापाकोट घर भइ मनाङ जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएपछि अस्पताल शिल गरिएको हो ।

कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेकका सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ३ : ०८ बजे

अल इन्डिया गोल्डकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट सङ्घले

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान

तेहरान – मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त

आजका समाचार : आयोगको प्रतिवेदनले खैलाबैला, रवीन्द्र उत्कृष्ट जीत र मध्यपूर्वमा हानाहान जारी

यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटलेनेपालका रवीन्द्र ढाँटले

‘होल्डिङ सेल्टरमा बिजोग छ’

काठमाडौं– करिब तीन हप्ताभित्र व्यवस्थापन गर्ने बाचा गरेर सरकारले सुकुम्वासी

अर्थमन्त्रीले राष्ट्रपतिलाई गराए नयाँ बजेटबारे जानकारी

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको