विश्व कुटनीतिमा ट्रम्पका नीति सकारात्मक रहेको अमेरिकी विदेश मन्त्री पोम्पेओको दाबी « Khabarhub

विश्व कुटनीतिमा ट्रम्पका नीति सकारात्मक रहेको अमेरिकी विदेश मन्त्री पोम्पेओको दाबी


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूले विश्वका सबै क्षेत्रमा सकारात्मक प्रभाव पारेको दाबी गरेका छन् ।

रिपब्लीकन पार्टीको सम्मेलनमा इजरायलबाट भिडियो मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विदेश मन्त्री पोम्पेओले अमेरिका पहिलो भन्ने नीतिलाई राष्ट्रपति ट्रम्पले ब्यवहारमा नै परिणत गरेको बताए ।

‘उहाँका यी नीतिले सबै देशलाई खुशी पार्न नसकेको होला तर अमेरिकी नीति सफल छन् । राष्ट्रपति ट्रम्पका शाहसिक प्रयासले विश्वका सबै भागमा प्रभाव पारेका छन्,’ पोम्पेओले भने ।

विदेश मन्त्री पोम्पेओले चिनियाँ कम्युनिष्ट पार्टीको हस्तक्षेपकारी नीतिलाई नियन्त्रणमा राख्न राष्ट्रपति ट्रम्पले दबाब सिर्जना गरेको  बताउँदै झण्डै आठ लाख मानिसको मृत्यु हुनेगरी फैलिएको कोरोनाभाइरसका लागि चीनलाई जिम्मेवार ठहर्‍याइनु महत्वपूर्ण भएको बताए ।

राष्ट्रपति ट्रम्पले चीनसँग भएका असन्तुलित व्यापार सम्झौता खारेज गरेका, विदेशतर्फ स्थानान्तरित भइरहेको रोजगारी अमेरिकामा फिर्ता हुन थालेको तथा अमेरिकाविरोधी गुप्तचर अभियानलाई बन्द गराउन कुटनीतिक पहल गरिएको पनि उनको दाबी छ ।

पोम्पेओले उत्तर कोरियाली नेतासँग वार्ताको वातावरण बनाउन राष्ट्रपति ट्रम्प सफल भएकोसमेत बताए ।

ट्रम्पकै कारण तेल अभिभमा रहेको अमेरिकी राजदूतावास मे २०१८ मा जेरुसेलम स्थानान्तरित गरिएको जानकारी दिए । यहूदी नागरिकका लागि जेरुसेलम वास्तविक राजधानी रहेको पनि उनले बताए ।

सामान्यतया, अमेरिकी विदेश मन्त्रीले पार्टीको सम्मेलनलाई सम्बोधन नगर्ने विगतको परम्परा तोड्दै विदेश मन्त्री पोम्पेओले राष्ट्रपतिका विदेश नीतिको बचाउ गरेका हुन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ३ : २२ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै