काठमाडौं उपत्यकामा एकै दिन थपिए ३०१ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा एकै दिन थपिए ३०१ कोरोना संक्रमित


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा बुधबार थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३० , ललितपुरमा ४७ र भक्तपुरमा २४ जना गरी जम्मा ३०१ जना संक्रमित थपिएका छन् ।

यअसघि मंगलबार काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना गरी जम्मा २३२ जना संक्रमित थपिएका थिए ।

नेपालमा बुधबार थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको छ। देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसीयुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १९ हजार ५०४ पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६४ पुगेको थियो । थप ११ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ४ : २४ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा