काठमाडौंसहित यी ७ जिल्लामा छन् ५०० बढी कोरोना संक्रमित « Khabarhub

काठमाडौंसहित यी ७ जिल्लामा छन् ५०० बढी कोरोना संक्रमित


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ७ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार ५ सय भन्दा बढी कोरोना संक्रमित भएका ७ जिल्ला यी हुन्-

पर्सा
महोत्तरी
रौतहट
काठमाडौं
सर्लाही
मोरङ
बारा

नेपालमा आज (बुधवार) थप ८८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १७५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३८५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।

हालसम्म नेपालका २ जिल्ला कोरोना संक्रमुक्त भएका छन् । मन्त्रालयका अनुसार हुम्ला र मुस्ताङमा भएको सबै कोरोना संक्रमितहरु निको भएका छन् ।

 

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ५ : १९ बजे

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार