शेयर बजारमा उत्साहजनक कारोबार, नेप्सेमा २१ अंकको वृद्धि « Khabarhub

शेयर बजारमा उत्साहजनक कारोबार, नेप्सेमा २१ अंकको वृद्धि


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि  उल्लेख्य अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१.१० अंकले बढेर एक हजार ४६२.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.७७ ले वृद्धि भई २९८.७४ मा पुगेको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा सात दिन थप गरेको भएपनि बजारमा त्यसले कुनै प्रभाव पारेको छैन । कुल १८६ कम्पनीको ५८ लाख ८२ हजार १०१ कित्ता शेयर दुई अर्ब ६५ करोड ६१ लाख ६३ हजार ७३० मा कारोबार भए ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर ओरालो लागेका छन् भने १० उपसमूहको शेयरमा भने वृद्धि भएको छ ।

व्यापार १.१३ र जीवन बीमा १७.९७ अंकले घटेको छ । बैंकिङ २२.९३, होटल ३.४, विकास बैंक २५.०४, जलविद्युत् ११.२५, वित्त १.२७, निर्जीवन बीमा ५१.६२, उत्पादन ७.३५, अन्य १७.२९, लघुवित्त ४१.१४ र सामूहिक लगानी कोष ०.१६ ले वृद्धि भएको छ ।

स्टकका अनुसार कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु ३४ करोड ९२ लाख ५४ हजार ८२३ बराबरको कारोबार भएको छ ।

यस्तै, नेको इन्स्योरेन्स रु १३ करोड ७८ लाख ७७ हजार २४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १२ करोड ५२ लाख १० हजार ४८३, एनआइसि एशिया बैंक रु १० करोड ४० लाख ९६ हजारर ७६ र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको रु आठ करोड २९ लाख ८५ हजार ७६४ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहेको छ ।

नेपाल फाइनान्स कम्पनी ७.४७, नेपाल पुनरबीमा कम्पनी ५.९५, स्वाभिमान लघुवित्त ५.३५, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर ५.०४ र प्रभु बैंकका लगानीकर्ताले ४.८० प्रतिशतले कमाएका छन् ।

त्यस्तै, समृद्धि फाइनान्स ९.७९, गुह्यश्वरी मर्चेन्ट बैंक ३.९४, आँखु खोला जलविद्युत् कम्पनी ३.६४, अरुण काबेली हाइड्रोपावर ३.३१ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ५ : २१ बजे

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी