किशोरी बलात्कारको आरोपमा दुई जना प्रकाउ « Khabarhub

किशोरी बलात्कारको आरोपमा दुई जना प्रकाउ


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – किशोरी बलात्कार गरेको आरोपमा झापाका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा ७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका वर्ष २२ का अशोक दर्जी र कमल गाउँपालिका घर भएका २४ वर्षका विक्रम हास्दा छन् ।

मंगलबार साँझ शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई विरिङ पुलबाट पछ्याउँदै गएका ती युवाले टाङटिङ खोलाको किनारमा बलात्कार गरेको आरोप लगाइएको छ ।

टाङटिङ खोलाको पुलमा रुँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले किशोरीलाई भेटेर सोधपुछ गर्दा घटना बाहिरिएको थियो । लगत्तै उनीहरूलाई मंगलबार साँझ नै पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ६ : ५७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति