नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो « Khabarhub

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति र ४८ जिल्लाका सभापतिहरूले पार्टीभित्र देखिएको वर्तमान अवस्था गम्भीर र संवेदनशील रहेको भन्दै एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

संयुक्त रूपमा जारी गरिएको विज्ञप्तीमा नेपाली कांग्रेस पुनः इतिहासको कठिन मोडमा उभिएको उल्लेख गर्दै पार्टीलाई सशक्त, अनुशासित र एकताबद्ध रूपमा अगाडि बढेको देख्न चाहने असंख्य लोकतन्त्रवादीहरूको अपेक्षा रहेको जनाइएको छ ।

संवेदनशील समयमा ‘विशेष महाधिवेशन’ को नाममा विधानविपरीत गतिविधि गर्दै पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास आम लोकतन्त्रवादी, नेपाली कांग्रेसका शुभचिन्तक तथा समग्र देशको हितविपरीत रहेको उनीहरूको ठहर छ।

विज्ञप्तीमार्फत आम कांग्रेसजन, सम्पूर्ण देशवासी तथा शुभचिन्तकहरूलाई लोकतन्त्र र एकताबद्ध नेपाली कांग्रेसको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरिएको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ११ : ०४ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा