झापाको कामाटोलीमा सुरक्षाकर्मीमाथि आक्रमण, सशस्त्र प्रहरीको गोली लागि दुई जना घाइते « Khabarhub

झापाको कामाटोलीमा सुरक्षाकर्मीमाथि आक्रमण, सशस्त्र प्रहरीको गोली लागि दुई जना घाइते



झापा – झापा गाँउपालिका ३ कामाटोलिमा स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको छ ।

गोरु काटेको खबर पाएपछि गएको प्रहरी टोलीले थप मद्दत मागेपछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्रले गोली चलाएको बताइएको छ ।

सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डमा गएको सशस्त्रको टोलीले चलाएको गोली लागि दुई जना घाइते भएका छन् । उनीहरूलाई बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका लागि पठाइएको छ ।

स्थानीयले काटेको गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीय आक्रोशित भई प्रहरीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ ।

सो क्रममा दर्जनौँको समूहमा रहेका स्थानीयहरु टायर पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि जाइ लागेको बताइएको छ । सो वस्तीमा मुस्लिम समुदायको बाहुल्यता रहेको छ ।

 

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ७ : ४७ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज– निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २२ गते सोमबार तदनुसार

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।