भारतीय पूर्व राष्ट्रपति मुखर्जी ‘डिप कोमा’ मा: सैनिक अस्पताल « Khabarhub

भारतीय पूर्व राष्ट्रपति मुखर्जी ‘डिप कोमा’ मा: सैनिक अस्पताल


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी ‘डिप कोमा’ मा भएको उनको उपचार गरिरहेको भारतीय सैनिक अस्पतालले जनाएको छ ।

नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी गराएको हो ।

सो अस्पतालले पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरको सहायताले डिप कोमामा राखिएको जनाएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । उनलाई केही समय यही उपचार प्रविधिमा राखिने पनि सो अस्पतालले जानकारी दिएको बताइएको छ ।

सो अस्पतालमा गत अगष्ट १० मा उनको मष्तिष्कको शल्यक्रिया गरिएको जनाइएको थियो । पछि उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको पनि समाचारमा जनाइएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ८ : २३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति