ग्रेडिङमा असन्तुष्टि राख्दै खेलाडीले क्यानलाई बुझाए ज्ञापनपत्र « Khabarhub

ग्रेडिङमा असन्तुष्टि राख्दै खेलाडीले क्यानलाई बुझाए ज्ञापनपत्र


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरूले नेपाल क्रिकेट संघ क्यानले गरेको खेलाडी ग्रेडिङमा असन्तुष्टि जनाएका छन् ।

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीले क्यानलाई ग्रेडिङ पुनरावलोकनका लागि ज्ञापन पत्र बुझाएको पूर्व कप्तान पारस खड्काले बताएका छन् ।

क्यानले चितवनमा बुधबार सम्पन्न बोर्ड बैठकबाट राष्ट्रिय पुरुष क्रिकेट टीमका १८ खेलाडीलाई ए, बी र सी गरी तीन श्रेणीमा वर्गीकरण गरेको थियो ।

जसमा राष्ट्रिय टोलीका केही नियमित खेलाडीको वर्गीकरणमा तल माथि भएको भन्दै खेलाडीले क्यानलाई ज्ञापन पत्र बुझाएका हुन् ।

राष्ट्रिय टीमका अलराउण्डर सोमपाल कामी बी श्रेणीमा र २०१९ मा केही प्रतियोगिता मात्रै खेलेका भेट्रान क्रिकेटर बसन्त रेग्मीको ए श्रेणीमा भएको बढुवा तथा नियमित खेलाडीका रुपमा रहेका ललितनारायण राजवंशी वर्गीकरणमा नपरेको र राष्ट्रिय टोलीबाट २०१९ मा नखेलेका सुवास खकुरेल र कमलसिंह ऐरी सी श्रेणीमा परेको भन्दै क्यानको आलोचना भइरहेको छ।

पुरुष टोलीको नयाँ ग्रेड

ग्रेड ‘ए’ – ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी

ग्रेड ‘बी’ – सुशन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सरार्फ

ग्रेड सी’- सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, अभिनाष बोहोरा र कमलसिंह ऐरी

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ८ : २३ बजे

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित