कोरोना संक्रमित सैनिक जवानको मृत्यु « Khabarhub

कोरोना संक्रमित सैनिक जवानको मृत्यु


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमणबाट बझाङको छबिसपाथिभेरा – १ घर भएका सैनिक जवान विकास रावलको मृत्यु भएको छ ।

रावलमा कोरोना भाइरस संक्रमण देखिएपछि असोज ६ गते छाउनीस्थित वीरेन्द्र अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा शुक्रबार साँझ अस्पतालमै मृत्यु भएको मृतकका आफन्त दिनेश रावलले बताए ।

उनमा उच्च ज्वोरो आउने, वान्ता हुने, बेहोस हुने र काप्ने जस्ता लक्षण देखिएको छ । ६ असोजमा एक्कासी बेहोस भएपछि मृतक रावललाई छाउनीस्थित वीरेन्द्र अस्पतालमा आइसीयूमा भर्ना गरिएको थियो ।

आइसीयूमा पनि उपचार नहुन सकेपछि भेन्टिलेटरमा राखिएको शुक्रबार राति १० बजे उनको मृत्यु भएको जनाइएको छ ।

उनमा कोरोना देखिए पनि डाक्टरहरूले भने छारे (झाँको) रोगले मृत्यु भएको बताएको आफन्त दिनेश रावलले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ११ : ४५ बजे

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत