आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने विशेष प्याकेज ल्याउने तयारी « Khabarhub

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने विशेष प्याकेज ल्याउने तयारी


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ।

६ महिनादेखि ठप्प पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुने वित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठित रुपमा देश दर्शन गराउने बताए।

आज राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले संस्थान, वित्तीय क्षेत्र, शिक्षा क्षेत्रका व्यक्तिहरु, शिक्षक र कर्मचारी सबैलाई संगठित रुपमा देश दर्शन गराउने तयारी गरिएको बताए ।

यो अभियानमा साथ दिन निजी क्षेत्रहरुलाई समेत उनले आग्रह गरेका छन्। विश्‍वका जुनसुकै मुलुकले पनि आगामी दुई वर्ष आन्तरिक पर्यटनलाई जोड दिने नीति लिएको उल्लेख गर्दै उनले नेपालको सन्दर्भमा पनि आन्तरिक पर्यटनले नै धरासायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्‍न सहयोग पुग्‍ने बताए।

मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नै हप्तामा दुई दिन सार्वजनिक बिदाको अवधारणा अघि सारेको उनले बताए।

हप्तामा दुई दिन बिदाको व्यवस्था मिलाउन विभिन्‍न मन्त्रालयसँग अन्तरमन्त्रालय छलफल भइरहेको उनले बताए। पर्यटन सम्वद्ध सेवा प्रदायक संस्था तथा कम्पनीले समेत आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष योजना सार्वजनिक गरिरहेका छन्।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ५ : ४६ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा