मोबाइलको टावर टिप्न रुख चढ्नुपर्ने ! « Khabarhub

मोबाइलको टावर टिप्न रुख चढ्नुपर्ने !


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको भौगोलिकरूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले र चिमखोला, धवलागिरि गाउँपालिकाको लुलाङ, मल्कवाङ र बगरमा सरकारी स्वामित्वको नेपाल टेलिकम र एनसेललगायत निजी कम्पनीले मोबाइल सेवा विस्तार गरेका छैनन् ।

स्थानीयवासीहरु मोबाइलमा कुरा गर्नका लागि घण्टौँ पैदल हिँडेर छिमेकी गाउँ, डाँडा र रुख चढ्ने गरेका छन् । महत्वपूर्ण सूचनाआदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै रुखमा चढ्ने गरेको रघुगङ्गा गाउँपालिका–८ चौरखानीका चन्द्रमान छन्त्यालले गुनासो गरे ।

सडक यातायात, केन्द्रीय प्रसारण लाइनको विद्युत्को सुविधा नपुगेको दुर्गम क्षेत्रमा टेलिकमले जडान गरेको भिस्याट प्रविधिको टेलिफोन प्रयोगविहीन छ । एक मिनेट फोनमा कुरा गरे हुनेमा घण्टौँ हिँडेर सम्बन्धित व्यक्तिसँग भेट्नुपर्ने बाध्यता कायमै छ ।

एक लाख १३ हजार जनसङ्ख्या भएको जिल्लामा ९० हजार ३१७ थान सिम वितरण गरी ८० प्रतिशत नागरिकमा मोबाइल फोनको पहुँच विस्तार गरेको नेपाल टेलिकमको दाबी छ । तर ग्रामीण क्षेत्रमा सूचना प्रवाह गराउन अझै टोलटोलमा परम्परागत कटुवाल प्रथाको सहारा लिनुपरेको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले बताए ।

म्याग्दीमा टेलिकमका २६ मोबाइल, पाँच ल्याण्डलाइन र चार वाइम्यास गरेर ३५ वटा बिटिएस टावर छन् । विद्युत् सुविधा नभएका ठाउँमा सौर्य ऊर्जा जडान गरेर सञ्चालित टावरले घाम लाग्दामात्रै चल्ने र हावाहुरी, चट्याङ, वर्षातको समयमा अवरुद्ध हुने गरेको छ ।

सञ्चार सेवा भरपर्दो नहुँदा स्थानीय तह, वडा, बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाह र काम कारवाहीमा कठिनाइ भएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन ।

कुइनेमङ्गले र चिमखोलामा मोबाइल सेवा विस्तारका लागि टावर जडान गर्न ठेक्का लगाएको टेलिकमका प्रमुख विष्णुदेव शाहले बताए। धवलागिरिको लुलाङ, बगर र मालिकाको दरवाङमा नयाँबिटिएस स्थापना तथा बेनीमा तामाको तार हटाउन लागेको उनले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ६ : २० बजे

उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा

काठमाडौं – काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स

महिला चेम्बर र हस्तकला महासङ्घबीच सहकार्यसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासङ्घबिच हस्तकला