अमेरिकामा ८८ लाखभन्दा बढीमा संक्रमण, २ लाख ३० हजारको मृत्यु « Khabarhub

अमेरिकामा ८८ लाखभन्दा बढीमा संक्रमण, २ लाख ३० हजारको मृत्यु


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६० हजार ८८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८८ लाख ८९ हजार १७९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५७ लाख ७२ हजार ४९८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २८ लाख ८६ हजार १७१ जनामध्ये १६ हजार ३७७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३० हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार सोमबार थप ४४२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३० हजार ५१० पुगेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ९ : ५० बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष