चीनमा एकजनालाई कोरोना देखिएपछि ४७ लाखको परीक्षण गरिँदै « Khabarhub

चीनमा एकजनालाई कोरोना देखिएपछि ४७ लाखको परीक्षण गरिँदै


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको सिन्जियाङमा प्रान्तमा एकजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बृहत परीक्षण गरिने भएको छ ।

सिन्जियाङको काशगार सहरका विद्यालयहरू बन्द गराइएका छन् भने परीक्षण रिपोर्ट निगेटिभ नआएसम्म त्यहाँका बासिन्दालाई शहर नछोड्न आदेश दिइएको छ ।

सिन्जियाङको काशगार सहरमा करिब ४७ लाख मानिसहरूको परीक्षण गरिँदछ। अहिलेसम्म लक्षण नदेखिएका १३८ सङ्क्रमित फेला गरेका छन् ।

संक्रमण दर घटाउन समग्रमा चीन सफल देखिएको छ । तर संक्रमण फैलिने क्रम भने सुषुप्त रुपमा जारी नै छ ।

सिन्जियाङमा मूलतः मुस्लिम उइगर अल्पसङ्ख्यक बस्छन् जसलाई बेइजिङस्थित सरकारले उत्पीडन गर्ने गरेको मानव अधिकारवादी समूहहरूले आरोप लगाउने गरेका छन् ।

काशगार सहरको बाहिरी भेगस्थित शुफु काउन्टीस्थित एउटा गार्मेन्ट कारखानामा काम गर्ने एक महिलामा पहिलो पटक लक्षणविनाको संक्रमण देखिएको हो ।

चिनियाँ सरकारी सञ्‍चारमाध्यमका अनुसार ‘नियमित परीक्षण’का क्रममा ती महिलामा संक्रमण भएको पाइएको हो । चिनियाँ मुख्य भूभागमा विगत १० दिनयता पहिलो पटक कोरोना भाइरस संक्रमित परेका हुन् ।

ती महिलामा कोरोना देखिएपछि परीक्षण व्यापकरुपमा सुरु गरिएको हो । लक्षण नदेखिएका कोरोना संक्रमितलाई चीनमा आधिकारिक रूपमा संक्रमण पुष्टि गरिएको कुल सङ्ख्या ८५,८१० मा जोड्ने गरिएको छैन ।

कोरोना भाइरसबाट चीनमा हालसम्म ४,६३४ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । बीबीसीबाट

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ३ : ५९ बजे

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया