अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम « Khabarhub

अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धबिरामको विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच यही आइतबार मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको हो ।

अमेरिकाको विदेश मन्त्रालयले सो नयाँ युद्धविराम यही आइतबार मध्यरातिदेखि लागू हुने जानकारी दिएको छ । यसअघि पनि यी दुई देशकाबीचमा जारी द्धन्द्धको युद्धविराम भएको थियो ।

केही दिन अघि रुसी राजधानी मस्कोमा दुई देशबीच वार्ता भएको थियो र उक्त वार्तापछि युद्धबिरामको सहमति भएको समाचारमा जनाइएको थियो ।

अमेरिकी विदेश मन्त्रालयको समन्वयमा विभिन्न अन्तर्राष्ट्रिय देश र संगठनहरुको सहमतिमा यी दुई देशका बीचमा नयाँ युद्धविरामको सहमति भएको बताइएको छ ।

यी दुई देशका बीचमा दशकौँ देखि भूमिसम्बन्धी विवाद रही आएको छ । यी दुई मुलुकबीच पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आक्रमण जारी रहेको छ ।

हिमाली क्षेत्र नोगोर्नो काराबाखलाई लिएर पछिल्लो समयमा यी दुई देशबीच भएको युद्धमा परेर कैयौं नागरिकले ज्यान गुमाएका पनि पछिल्लो प्राप्त समाचारमा जनाइएको छ ।

काराबाख क्षेत्रमा युद्ध बढ्दै गएपछि विश्व समुदायको ध्यान त्यसतर्फ पुगेको थियो । त्यहाँ युद्ध भने जारी छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ४ : ५२ बजे

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया