फ्रान्समा एकै दिन थपिए ५२ हजार बढी कोरोना संक्रमित  « Khabarhub

फ्रान्समा एकै दिन थपिए ५२ हजार बढी कोरोना संक्रमित 


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्ह्वा- फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु झनै बढेको बताएका हुन् । प्राप्त समाचारअनुसार गएको २४ घन्टामा मात्र फ्रान्समा ५२ हजार जनामा कोभिडको संक्रमण भएको पाइएको हो ।

गएको २४ घन्टामा ५२ हजार जनामा कोभिड भएको सोमबार यहाँको पब्लिक हेल्थ एजेन्सीले जनाएको छ । सो एजेन्सीले यहाँ गएको शनिबार मात्र ४५ हजार जनामा नयाँ संक्रमण देखिएको जनाएको थियो भने सोमबार ५२ हजारमा नयाँ संक्रमण भएको पाइएको बताएको थियो ।

यहाँ महामारी सुरु भएदेखि यताको संख्या हेर्दा ११ लाख भन्दा बढीमा यो संक्रमण देखिएको बताइएको छ । उक्त एजेन्सीले फ्रान्समा ११ लाख ३८ हजार जनामा संक्रमण भएको छ ।

यहाँ ३४ हजार जनाभन्दा बढीको यो संक्रमणबाट ज्यान गएको छ । उक्त एजेन्सीले दिएको जानकारी अनुसार यहाँका ३४ हजार ७६१ जनाको यस संक्रमणबाट ज्यान गएको हो ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ५ : ०७ बजे

सिमकोटमा खानेपानीको अभाव

हुम्ला- जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि

रञ्जित रेको नजरमा जेन-जी सरकार र नेपालको आगामी यात्रा

स्थापना भएको चार वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल बहुमत प्राप्त

छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित 

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले काक्रेबिहार