स्याङ्जाका पहिरो पीडितलाई सहयोग | Khabarhub Khabarhub

स्याङ्जाका पहिरो पीडितलाई सहयोग


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ- स्याङ्जाको वालिङ १४ तमादीका पहिरो पीडितलाई स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गरेको छ ।

गत असोज ८ गते घरमाथिबाट आएको पहिराले पुरिएर एकै घरमा नौ जनाको पुरिएर ज्यान गएकाको परिवार र विस्थापित परिवारलाई आइतबार रु. दुई लाख ३० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको समाजका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

रोजगारीको सिलसिलामा विदेशमा बस्ने नेपालीहरुको छाता सङ्गठनकोरुपमा रहेको समाजको वैदेशिक शाखा दक्षिण कोरिया, दोहा कतार, स्पेन, अमेरिका र साउदी अरबमा गठन भएका समितिहरुमार्फत सङ्कलन भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

सहयोगस्वरुप सङ्कलन भएको रकममध्येबाट नौ जना परिवार गुमाएका भोजराज र मनिषा नेपालीलाई रु. एकलाख १० हजार र उक्त पहिरामा घर पुरिएर विस्थापित भई छिमेकीको घरमा आश्रय लिएर बसेका चार परिवारलाई प्रति परिवार रु. ३० हजारका दरले रु. एक लाख २० हजार उपलब्ध गराइएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए ।

पहिराले घर पुरिँदा एकै घरका नौ जनाको मृत्यु भएको थियो भने अन्य चार घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ८ : १५ बजे

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज