साउदीमा अलपत्र नेपालीको उद्धार « Khabarhub

साउदीमा अलपत्र नेपालीको उद्धार



दोहा – साउदी अरबमा लामो समयदेखि बिरामी परेका एक नेपालीको उद्धार गरिएको छ ।

सन् २०११ मा साउदी अरब पुगेका झापाका ३८ बर्षीय प्रकाश गुरुङलाई उद्धार गरि स्वदेश पठाइएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

उनी सन् २०१३ मा अचेत भई रियादस्थित थाडीक जनरल अस्पतालमा उपचाररत रहेका थिए । पछिल्लो केहि समय यता उनको स्वास्थ्य उल्लेखनीय सुधार आएको र उनी परिवारको रेखदेखमा बस्न सक्ने तथा कोही एक जनाको साथमा हवाई यात्रा गर्न सम्भव हुन्छ भन्ने अस्पतालको सिफारिश दिएको थियो ।

अस्पतालको सिफारिश अनुसार उनलाई एक जना सहयोगीको साथमा हिमालय एयरलाइन्सको दमाम-काठमाडौँ उडानबाट स्वदेश पठाई परिवारको जिम्मा समेत लगाइएको दूतावासले जनाएको छ ।

स्वदेश फर्किने अवस्थासम्म आइपुग्दा उनको उपचारमा अस्पताल टिम, साउदी सरकार एवं परिवारसंग सम्पर्क स्थापना गराउन सहयोग गर्ने सम्पूर्ण संस्था तथा टिकट ब्यवस्थापनमा सहयोग पुर्याउने गैरआवासीय नेपाली संघ साउदी अरब लगायत सबैप्रति दूतावासले धन्यबाद व्यक्त गरेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  १० : २९ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा