म्याराडोनालाई श्रद्धाञ्जलि दिँदै पेलेले भने- हामी एक दिन आकाशमा बल खेल्छौँ « Khabarhub

म्याराडोनालाई श्रद्धाञ्जलि दिँदै पेलेले भने- हामी एक दिन आकाशमा बल खेल्छौँ


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अर्जेन्टिनाका महान फुटबलर डिएगो म्यारोडोनाको निधनले यतिबेला फुटबल क्षेत्र स्तब्ध छ ।

विश्वकप विजेता अर्जेन्टिनाका कप्तान म्यारोडोनाको बुधबार हृदयघातको कारण ६० वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि विश्वभरबाट श्रदद्धाञ्जलि व्यक्त भइरहेका छन् ।

म्यारोडोनाको निधनपछि सामाजिक संजाल ट्वीटरबाट पेलेले पनि श्रदान्जलि व्यक्त गरेका छन् ।

आफूले महान साथी गुमाएको बताउँदै ८० वर्षीय पेलेले एक दिन आकाशमा बल खेल्ने बताएका छन् ।

‘कस्तो दुःखद समाचार । मैले एक महान साथी गुमाए । विश्वले लिजेण्ड गुमाएको छ । धेरै कुरा भन्न बाँकी छ तर, भगवानले उनको परिवारलाई बल दिउन,’ पेलेले लेखेका छन्, ‘एक दिन, म आशा गर्दछु कि हामी आकाशमा बल खेल्ने छौँ ।’

दुई साताअघि मात्र म्यारोडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो ।

अर्जेन्टिनाका पूर्वप्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् ।

म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।

मेक्सिकोमा भएको विश्वकपको फाइनलमा वेस्ट जर्मनीलाई ३-२ ले हराएको अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो । त्यस समय म्यारोडोना टिमका कप्तान रहेका थिए ।

अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए । उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ७ : ४३ बजे

अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण

एजेन्सी– अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको

मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’

नयाँदिल्ली- इजरायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर भारतलाई धोका दिएको चर्चा

रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो

सल्यान– राष्ट्रिय स्वतन्त्र पार्टी, बन्गाड कुपिण्डे नगर समितिले चुनाव प्रचारमा

मध्यपूर्वको बाछिटाबाट जोगिन नेपालले के गर्नुपर्छ ?

फेब्रुअरी २८ देखि अमेरिका, इजरायल र इरानबीच सुरु भएको सैन्य

युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई)