म्याराडोनालाई श्रद्धाञ्जलि दिँदै पेलेले भने- हामी एक दिन आकाशमा बल खेल्छौँ « Khabarhub

म्याराडोनालाई श्रद्धाञ्जलि दिँदै पेलेले भने- हामी एक दिन आकाशमा बल खेल्छौँ


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अर्जेन्टिनाका महान फुटबलर डिएगो म्यारोडोनाको निधनले यतिबेला फुटबल क्षेत्र स्तब्ध छ ।

विश्वकप विजेता अर्जेन्टिनाका कप्तान म्यारोडोनाको बुधबार हृदयघातको कारण ६० वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि विश्वभरबाट श्रदद्धाञ्जलि व्यक्त भइरहेका छन् ।

म्यारोडोनाको निधनपछि सामाजिक संजाल ट्वीटरबाट पेलेले पनि श्रदान्जलि व्यक्त गरेका छन् ।

आफूले महान साथी गुमाएको बताउँदै ८० वर्षीय पेलेले एक दिन आकाशमा बल खेल्ने बताएका छन् ।

‘कस्तो दुःखद समाचार । मैले एक महान साथी गुमाए । विश्वले लिजेण्ड गुमाएको छ । धेरै कुरा भन्न बाँकी छ तर, भगवानले उनको परिवारलाई बल दिउन,’ पेलेले लेखेका छन्, ‘एक दिन, म आशा गर्दछु कि हामी आकाशमा बल खेल्ने छौँ ।’

दुई साताअघि मात्र म्यारोडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो ।

अर्जेन्टिनाका पूर्वप्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् ।

म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।

मेक्सिकोमा भएको विश्वकपको फाइनलमा वेस्ट जर्मनीलाई ३-२ ले हराएको अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो । त्यस समय म्यारोडोना टिमका कप्तान रहेका थिए ।

अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए । उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ७ : ४३ बजे

लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रण

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन

एक सय १० जनाले गरे रक्तदान

कास्की – पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत्

आर्थिक र सामाजिक रुपान्तरण हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक र

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल